Trending
समाज जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण समाज बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा flash शिवपुरमा नेकपा एसको वडा कमिटि गठन अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश

व्यवसायीले स्यानिटरी प्याडको मूल्य बढाए, सरकार मूकदर्शक

काठमाडौं । सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएपछि बजारमा स्यानिटरी प्याडको मूल्य बढ्यो । खुद्रा व्यापारीहरुले सरकारले कर बढाएको भन्दै मूल्य बढाएपछि सामाजिक सञ्जालमा बहस छेडियो । केही दिनदेखि मर्यादित महीनावारीका अभियन्ताहरु सडकमा छन् र उनीहरु सरकारलाई प्याडलाई कर मुक्ति गर्न माग गरिरहेका छन् ।

बिहीबार ‘रातो कर माफ गर’ भन्दै अभियन्ताले माइतीघरमण्डलमा रातो रंग लतपतिएको कपडामा शन्तिपूर्ण प्रदर्शन गरेका छन् । स्यानिटरी प्याडलाई विलासिताको वस्तुमा झैं कर लिएको भन्दै धेरै महिलाहरुले सरकारलाई प्याडलाई करमुक्त गर्न आग्रह गर्दै पोष्टहरु गरेका छन् ।

सरकारले कर बढाएको हो ?

अर्थ मन्त्रालयका अनुसार स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/७० देखि नै १५ प्रतिशत भन्सार महसुल कायम छ ।

१५ जेठमा अध्यादेश मार्फत ल्याइएको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटबाट स्वदेशमा स्यानिटरी प्याड बनाउने कच्चा पदार्थमा लगाउँदै आएको १० प्रतिशत भन्सार शुल्कलाई ५ प्रतिशतमा झारेको छ । यो नीतिगत व्यवस्थाले स्वदेशमै प्याड उत्पादन गर्न प्रोत्साहन गर्ने सरकारी विश्वास छ ।

मन्त्रालयका अनुसार बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा यो करको दरमा कुनै हेरफेर भएको छैन । शुक्रबार मन्त्रालयले विज्ञप्ति निकालेर कर बढाएको भन्ने हल्ला भ्रामक भएको र तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत हल्ला फैलाएर नकारात्मक सन्देश प्रवाह गर्न खोजिएको बताएको छ ।

मूल्य बढ्दा सरकार मौन

तर सरकारले प्रतिस्थापन विधेयक आएको मौका छोपेर व्यवसायीहरुले मूल्य बढाएको चाहिं यथार्थ हो । कच्चा पदार्थको आयातमा गरिएको कर छुटको लाभ स्वदेशी स्यानिटरी उत्पादक र उपभोक्ताले उठाउन नपाउँदै भारत, चीन, ताइबान, लगायतका देशबाट आयात हुने प्याडको मूल्य व्यवसायीहरुले एकाएक बढाएका छन् । प्रति गोटा १० रुपैयाँसम्म मूल्य बढेको छ । बजार अनुगमनको जिम्मा पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग चाहिं हात बाँधेर बसेको छ ।

नेपालमा विदेशबाट आयात हुने प्याडको ठूलो बजार छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८मा मात्रै १७ लाख ३८ हजार किलो बराबरको स्यानिटरी प्याड आयात भएको थियो । १ अर्ब ५ करोड मूल्यको प्याड आयात गर्दा सरकारले ३० करोड ५९ लाख रुपैयाँ कर भन्सार विन्दुमा असुलेको थियो ।

चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २ करोड ५४ लाख गोटा स्यानिटरी प्याड नेपाल भित्रिएको छ । २० करोड ३९ लाख मूल्यको सो प्याड आयात हुँदा सरकारले ५ करोड ९६ लाख रुपैयाँ राजस्व असुल गरेको भन्सार विभागको तथ्यांक छ ।

‘नीति विपरीतको कर पनि हटाऔं’

सरकारले अहिले कर नबढाएको भएपनि स्वदेशमै उत्पादन भएको होस् वा विदेशबाट आयात गरिएको प्याडमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर -भ्याट) भने लिने गरेको छ ।

साथै सरकारको नीतिमा महीनावारी व्यवस्थापनमा प्रयोग हुने सामग्रीको उलपब्ता सहज र सुलभ गराउने पनि छ । ‘राष्ट्रिय मर्यादित महीनावारी नीति-२०७४’ ले महीनावारी व्यवस्थापनका लागि आधारभूत सेवा र सुविधाको सहज उपलब्धता, पहुँच, पर्याप्तता र प्रयोगसहित महिलाले स्वस्थ सुरक्षित र सम्मानित जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ । नीतिमा महीनावारी व्यवस्थापनका लागि आवश्यक सामग्रीहरुको उचित छनोट गर्न सकिने वातावरण तयार गर्ने रणनीति तय गरिएको छ ।

यो रणनीतिमा महीनावारीमा प्रयोग हुने सामग्रीलाई आधारभूत आवश्यकताको सामग्रीका रुपमा मान्यता दिएर त्यस्ता सामग्रीको स्थानीय उत्पादन र बजार उपलब्धताका लागि प्रोत्साहित गर्ने उल्लेख छ । त्यस्ता सामग्रीमा कर छुट वा अनुदान दिने व्यवस्था गर्ने समेत सरकारको रणनीतिमा भनिएको छ ।

यसअनुसार काम गर्ने हो भने सरकारले महिनावारी (स्यानिटरी) प्याडमा लिंदै आएको १३ प्रतिशत सहित सबै कर हटाउनुपर्ने अभियन्ता राधा पौडेल बताउँछिन् ।

मर्यादित महीनावारीलाई बहुआयामिक ढंगबाट हेर्नुपर्ने भन्दै उनले महीनावारीमा प्रयोग हुने सामग्रीहरु (धोएर पुन प्रयोग गर्न सकिने प्याड, डिस्पोजेबल प्याड, मेन्सट्रुअल कप, टेम्पन्स, पेन्टी लाइनर, मेन्ट्रुअल पेन्टी, लंगौटी) सहज र सस्तो उपलब्धताका लागि विशेष नीति बनाउनुपर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘अहिले विदेशबाट आयात हुने कतिपय प्याडमा २०० देखि एक हजार वर्षसम्म नकुहिने खालका प्लाष्टिक र केमिकलहरु समेत प्रयोग भएका हुन्छन्, यो पक्षलाई पनि सरकारले विचार गर्नुपर्छ ।’

त्यस्ता हानिकारक प्याडको आयातमै रोक लगाउनुपर्ने र स्वदेशमा उत्पादन हुने तथा पर्यावरणलाई असर नपर्ने खालका सामग्री प्रयोगमा जोड दिनुपर्ने उनले बताइन् । ‘नेपालमा धेरैजसो स्वदेशी प्याडहरु क्लब, महिला समूह र आमा समूहहरुले बनाइरहेका छन्, ती सबै हिसाबले उचित छन्’ अभियन्ता पौडेलले भनिन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP