Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

सिंजा सभ्यताको संरक्षण गर्न गैरसरकारी विधेयक

सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको छ ।

कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतबार प्रदेशसभामा दर्ता गराएका हुन् ।

देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा विकासका लागि आवश्यक ठानिएकाले गैरसरकारी विधेयक दर्ता गराइएको सांसद भण्डारीले बताए । ‘विधेयकले खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि कोसेढुंगाको काम गर्ने विश्वास लिएको छु,’ भण्डारीले भने । प्रतिक्रिया दिएका छन् ।

सिंजा सभ्यता क्षेत्रको सामाजिक, धार्मिक, भाषिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पूर्वाधारहरुको विकास गर्न यो विधेयक प्रदेशमा आवश्यक रहको सांसद भण्डारीले बताए । उनले भने, ‘राज्यले नै गैरसरकारी विधेयकबारे चासो नदिएकाले मैले यो दर्ता गरेको हुँ ।’

सिंजा सभ्यता क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ–मन्दिर, थान, ताल, सरोवर, गुफा र अन्य तीर्थस्थलहरूको पहिचान, खोजी तथा अनुसन्धान गर्ने, सिंजा सभ्यता क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न आवश्यक काम गर्ने विधेयकमा उल्लेख छ ।

यस्तै कार्यकारी परिषद् र प्राधिकरणको पनि गठन गरिनेछ । कार्यकारी परिषद्को अध्यक्षको काम गर्ने गरी एक जनालाई उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

कार्यकारी परिषद्लाई निर्देशन, रेखदेख गर्नका लागि कर्णाली प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा सिंजा सभ्यता संरक्षण तथा विकास सभा गठन गर्ने विधेयकमा उल्लेख छ ।

सभामा प्रदेश सरकारबाट नियुक्त हुने उपाध्यक्षसँगै जुम्लाको सिंजा क्षेत्राट निर्वाचित प्रदेश सांसद, प्रदेश योजना आयोगका सदस्य, प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय जुम्लाको कनकासुन्दरी गाउँपालिका राख्ने उल्लेख छ । यस्तै दैलेखको दुल्लू र सुर्खेतको वीरेन्द्रनगरमा शाखा कार्यालय स्थापना गरिने विधेयकमा उल्लेख छ । ‘जुम्लासँग मात्रै सिंजा सभ्यता जोडिएको छैन, दैलेखको दुल्लू हुँदै सुर्खेतको काँक्रेविहारसम्म जोडिएको छ, त्यसैले दुल्लू र सुर्खेतमा कार्यालय राख्न आवश्यक छ,’ सांसद भण्डारीले भने ।

भण्डारीले दर्ता गराएको विधेयकको दर्ता नम्बर ५८ (गैरसरकारी क्षेत्रबाट पहिलो) रहेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । ‘प्रदेशमा यो पहिलो र नयाँ अभ्यास हो । यसले आवश्यक परेको खण्डमा गैरसरकारी विधेयक ल्याउन सकिन्छ भन्ने सन्देश दिएको छ,’ सचिव बुढाथोकीले भने ।

यसअघि प्रदेशसभामा सरकारका तर्फबाट ५७ वटा विधेयक दर्ता भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP