Trending
राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने flash सिकेका कुरालाई व्यवहारमा लागु गरे मात्र समाज रुपान्तरणमा टेवा पुग्छः मेयर अधिकारी

अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । दशैं मनाउन घर फर्किन चाहनेहरुका लागि आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

टिकट बुकिङको क्रममा यात्रुहरुलाई ठग्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने समूह पनि सक्रिय हुन्छ । त्यसैले आफू जाने गन्तव्यको लागि सरकारले तोकिदिएको भाडा कति हो भनेर जानिराख्नु राम्रो हुन्छ ।

१४ स्थानमा हेल्पडेस्क

यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा हेल्प डेस्क राखिएको छ । नयाँ बसपार्क, माछापोखरी, स्वयंभू, कलंकी, नागढुंगा, बल्खु, दक्षिणकाली, सातदोबाटो, कोटेश्वर, जगाती, चाबहिल, गौशाला, सुन्धारा र पुरानो बसपार्कमा हेल्पडेस्कहरु छन् ।

यी १४ स्थानमा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा), सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागसहितका प्रतिनिधि रहन्छन् । टिकट बुकिङको क्रममा केही अप्ठेरो परेमा, कुनै जानकारी लिनु परेमा वा आफू ठगिएको महसुस भएमा यात्रुहरुले तिनै प्रतिनिधिसँग सहयोग लिन सक्नेछन् ।

सरकारले तोकेको भन्दा बढी भाडा यात्रुहरुबाट लिएको पाइए तत्काल कारबाही हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP