Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

शुद्धोधन गाउँपालिकाका स्वास्थ्य चौकीमा एकैसाथ चार एम्बुलेन्स हस्तान्तरण

कपिलवस्तु-कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। गाउँपालिकाले एकै पटक ४ वटा एम्बुलेन्स खरिद गरी ४ वटा वडामा रहेको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो। यससंगै पालिकामा रहेको ६ वटै वडाका स्वास्थ्य चौकीमा एम्बुलेन्सको सेवा पुगेको छ।
पालिको वडा नम्बर १, २, ४ र ५ वडामा रहेको स्वास्थ्यचौकीलाई सोमबार एक समारोहकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको हो। गाउँपालिका प्रमुख निशार अहमद खा, उप प्रमुख सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले सो एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नु भएको हो । ।

चार एम्बुलेन्ससंगै पालिकाका सबै वडामा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्सको पहुँच पुगेको गाउपालिका प्रमुख निशार अहमद खाले बताउनु भयो । यस अघि नै वडा नम्बर ३ र ६ का स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण पछि संचालनमा आई सकेको छ। ‘गाउपालिकाको ६ वटै वडामा अब एम्बुलेन्स पुगेको छ’ गाउपालिका प्रमुख खाले भन्नु भयो ‘अब पालिका भित्र रहेको कुर्नै पनि बिरामीले एम्बुलेन्सकालागि कुर्नु पर्ने छैन’।

गाउँपालिकामा रहेको ४५ हजार जनताको सेवा गर्नकालागि ६ वटा एम्बुलेन्स भएको खाले बताए। एम्बुलेन्सले पालिका भित्र रहेको जनताकालागि आधा भाडामा मात्र लिईनछ। यस्तै गर्भवति र सुत्केरी महिलालाई सेवा निःशूल्क गरिएको खाले बताए। आफनो पालिका भित्रका सबै वडामा एम्बुलेन्स आए पछि जनता लाभांवित हुने उप प्रमृख सुधादेबी पाण्डेयले बताउनु भयो ।

‘हामीले जनतालाई गरेको प्रतिबद्धता र बाच अनुसार काम गरेका छौ ’ उहाँले भन्नुभयो । प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले भन्सार लगातयका राजस्व छुट गरी आफूहरुले एम्बुलेन्स खरिद गरी ल्याएको बताउनु भयो । प्रति एम्बुलेन्स १० लाख ६४ हजार ७६५ रुपैँया लागत गरी कुल ४२ लाखमा एम्बुलेन्स आएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP