Trending
flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने flash सिकेका कुरालाई व्यवहारमा लागु गरे मात्र समाज रुपान्तरणमा टेवा पुग्छः मेयर अधिकारी समाज जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण समाज बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा flash शिवपुरमा नेकपा एसको वडा कमिटि गठन अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने

पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ ।

गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिनुको साथै विभिन्न वडामा सञ्चालन भएका कामहरुको स्थलगत अवलोकन समेत गरेको आयोगले जनाएको छ ।

कालिकामाई गाउँपालिले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान तथा धारा जडान कार्यक्रम, आइसोलेसन, नदी सफाइ तथा सडक ढलान आदिको बिषयमा अख्तियारमा उजुरी परेको छ । अनुसन्धानका लागि आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले प्रमाणित कपी नपठाएकोले बाध्य भएर कार्यालयमै छापामारी गरी नियन्त्रणमा लिनुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

‘कालिकामाई गाउँपालिकाको दर्ता चलानी किताबमा ठाउँ खाली राखिएको, कोभिड– १९ व्यवस्थापन, विकास निर्माण विविध योजनामा गुणस्तरीय काम नभएको, काम नगरी पैसा लिएको भनी उजुरी परेको छ । हामीले अनुसन्धानका लागि कार्यालयसँग कागज पत्र माग्छौं । हुलाकबाट फोटोकपी पनि पठाउँछन् । कतिपय कागजपत्र पठाउनमा ढिलाइ गर्छन्,’ उनले भने, ‘फोटोकपीले प्रमाणको काम गर्दैन, कागजपत्र ढिलो आउँदा अनुसन्धान प्रभावित हुन्छ । त्यसैले अख्तियारले टोली नै पठाएर कागजपत्र नियन्त्रणमा लिएको हो ।’

सडकको गुणस्तर र स्टिमेट अनुसार काम भए नभएको बारे बुझ्न कालिकामाईमा ईन्जिनियर सहितको टोली स्थलगत अध्ययनका लागि पुगेर फर्केको जानकारी उनले दिए ।

‘पर्सा र बाराबाट अख्तियारमा बढी उजुरी आउँछ, उजुरी दिएको लामो समय भयो कारबाही के भयो भनेर सोध्नुहुन्छ ।’ उनले भने ‘ अख्तियारमा सिमित जनशक्तिले अनुसन्धानको काम गर्नुपर्ने हुन्छ । कागजपत्र समयमा नआउँदा अनुसन्धानमा ढिलाई हुन्छ ।’

मंगलबार पनि विद्यालयबारे अनुसन्धान गर्ने अख्तियारको एक टोली पर्सामा खटिएको जानकारी सूचना अधिकारी सापकोटाले दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP