Trending
समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै राजनीति एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै समाज विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी समाज बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

संसदीय समितिले भन्यो- सर्वसुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराऊ

काठमाडौं । संसदीय समितिले चाडपर्वको बेलामा सर्वसाधारणलाई खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु सर्वसुलभ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको बेला कुनै पनि सामग्री अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए । उनले अहिले बजारमा खानेपानीको अभाव भइरहेको पाइएकोले यसको परिपूर्ति गर्न र सुदूरपश्चिममा देखिएका विभिन्न समस्याहरुको समाधान गर्न पनि मन्त्रालयलाई समितिले निर्देशन दिएको बताए ।

यसैगरी साल्ट ट्रेडिङलाई चिनी लगायतका खाद्य सामग्रीहरुको पसल अन्य स्थानमा राख्न पनि समितिले निर्देशन दिएको छ ।

‘अहिले चाडपर्वको बेलामा उपभोक्ताले सुलभ, सरल र सुपथ मोलमा दैनिक खाद्यान्नका कुराहरु, दैनिक उपभोग्य सामग्रीका कुराहरु र अन्य सम्बन्धित निकायबाट उपलब्ध हुने त्यस्तो व्यवस्था गर्न सम्बन्धित निकायलाई आजको बैठकले निर्देशन दिन्छ,’ सभापति श्रीवास्तवले भने, ‘कुनै चिजको अभाव नहोस्, अभाव भएको अवस्थामा सरकारले के कस्तो कदम चाल्नुपर्ने हो, त्यसको लागि यो समितिले सम्बन्धित निकायलाई निर्देशन दिन्छ ।’

समितिले देशभर बजार अनुगमन गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP