बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएका व्यक्ति सिफलबाट पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगत रहेका छन् ।

उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच दिन कैद र १० लाख जरिवानाको फैसला सुनाएको थियो ।

नारायणभक्तलाई काठमाडौंको सिफलबाट पक्राउ गरेको ब्‍युरोले जनाएको छ ।

नारायणभक्तले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्यानमा पारी सिटिजन्स बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा बिहीबार पेश गरिएको ब्‍यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्‍याम कुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP