Trending
flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ समाज बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत राजनीति सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता राजनीति एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमालेमै फर्किए

कपिलवस्तुका नेपाल–भारत सीमानाका खुला

माधव बेल्वासे
चन्द्रौटा,१५ असोजः
कोरोना महामारीका कारण बन्द रहेका कपिलवस्तुका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब दुई वर्षदेखि सीमानाका बन्द भएका थिए । नेपाल सरकारले निर्णय अनुसार भारतसँग सीमा जोडिएका कपिलवस्तुका नाका खुला गर्ने निर्णय गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सीमानाका खोल्ने निर्णय गरेको हो । लामो समय सम्म नाका नखुल्दा नेपालमा पर्यटक समेत आउन नसकेको स्थानिय संचारकर्मी मनिस गुप्ताले बताउनुभयो ।
नाका खुलेपछि आवतजावत गर्ने सख्या बढेको गुप्ताले बताउनुभयो । सरकारले स्थलमार्गबाट आवागमन गर्न आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, लक्ष्यण भएको खण्डमा एन्टिजेन परिक्षण हुने लगाएतका नियम राखिएको छ । खुला गरिएका नाकामा हेल्थ डेस्क स्थापना रहेको छन् । सरकारको तोकेको मापदण्ड पुरा गरि आवजावत गर्न सकिने प्रजिअ पाण्डेले बताउनुभयो । यस अघि मालवाहक सवारी तथा नागरिक आवाजावत खुला रहेपनि निजि सवारी आवागमन बन्द रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP