Trending
राजनीति प्रधानमन्त्रीको निरीक्षण औपचारिकतामा सीमित‚ बाढीपहिरोपीडितले अझै पाएनन् राहत राजनीति एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र अन्तर्राष्ट्रिय सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा समाज द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश गर्न पाइने flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-८ बगहा घर भइ हाल भक्तपुर सल्लाघारी बस्‍दै आएका ३३ वर्षीय शंकर लामा रहेका छन् ।

उनलाई काठमाडौंको नयाँ बानेश्‍वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

लामाले काभ्रे बेथानचोक गाउँपालिका-६का आशिष थापालाई वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइ एग्रिकल्चरमा काम लगाइदिन्छु भनी उसको नागरिकता लगायतका सक्कल कागजात पेश गरी मोबाइल बैंकिङको पिन कोड नियन्त्रणमा लिइ उसको नाममा रहेको एनआइसी एसिया बैंकबाट ४ लाख ८० रुपैयाँ प्रदिप श्रेष्ठ नामको ग्लोबर र सिद्धार्थ बैंकको खातामा ट्रान्सफर गरेका थिए ।

पक्राउ परेका लामालाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक अनुसन्धान कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP