सोमबारदेखि नोबेल पुरस्कार घोषणा गरिँदै, चर्चामा कोभिड खोपका आविष्कारक

काठमाडौं । अक्टोबर ४ अर्थात् आगामी सोमबारदेखि विभिन्न विधामा नोबेल पुरस्कार पाउने व्यक्तिको नाम घोषणा हुँदैछ ।

सोमबार चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने वैज्ञानिकको नाम सार्वजनिक गरिने छ । त्यस्तै मंगलबार भौतिकशास्त्र र बुधबार रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा गरिने छ । साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार, नोबेल शान्ति पुरस्कार शुक्रबार र शनिबार अर्थशास्त्रको तर्फको पुरस्कार घोषणा गरिने छ ।

पुरस्कार घोषणा मिति नजिकिँदै गर्दै सम्भावित विजेतबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । प्रतिस्पर्धीको नाम अन्तिम समयसम्म गोप्ने राखिने भएपनि कोभिड-१९ खोप, मिडिया वाचडग, जलवायु अभियन्ता र बेलारुसका विपक्षी नेताहरुबारे बढी चर्चा हुन थालेको छ ।

कटलिन करिकोलाई पुरस्कृत गर्नुपर्ने माग

कोभिड-१९ को महामारीबाट विश्व अझै मुक्त हुन सकेको छैन । तर कोभिड-१९ विरुद्धको खोप उत्पादन, वितरण र प्रयोगले व्यापकता पाइरहेको छ । यस वर्ष पनि महामारीबीच घोषणा हुन लागेको नोबेल पुरस्कारमध्ये एउटा पुरस्कार हंगेरीकी वैज्ञानिक कटलिन करिकोलाई दिनुपर्ने आवाज समेत उठ्न थालेको छ ।
को हुन् करिको ?

कटलिन करिको हंगेरीकी बायोकेमिस्ट (जीवरसायनशास्त्री) हुन् । आरएनएमा आधारित खोप प्रविधि एवं रोगप्रतिरोधी क्षमता (RNA-mediated mechanisms) विकासमा उनले महत्वपूर्ण योगदान गरेकी छन् । उनको अनुसन्धानका आधारमा प्रोटिन थेपारीका लागि ‘in vitro-transcribed mRNA’ प्रविधि विकास गरिएको हो ।

करिकोले अमेरिकी वैज्ञानिक ड्रु वेइसम्यानसँग मिलेर विकास गरेको न्युक्लिओसाइड मोडिफिकेशन प्रविधिले ‘mRNA’ को थेराप्युडिक प्रयोगमा थप योगदान गरेको छ । बायोन्टेक र मोडर्नाले यसै प्रविधिका आधारमा कोभिड-१९ भ्याक्सिन विकास गरेका हुन् ।

तसर्थ, मानव इतिहासकै एउटा डललाग्दो महामारी बन्न पुगेको कोभिड-१९ विरुद्धको खोप प्रविधि विकास गर्ने अगुवा वैज्ञानिकलाई यस वर्ष चिकित्सा वा रसायनशास्त्रतर्फमध्ये एउटा पुरस्कार दिनुपर्ने कतिपयको बुझाइ छ ।

‘यदि नोबेल कमिटीले एमआरएनए खोप प्रविधिका लागि पुरस्कार दिइएन भने गल्ती हुनेछ’, वैज्ञानिक विषयमा कलम चलाउँदै आएकी स्विडेनकी पत्रकार उल्किरा बोजोर्कस्टेनले भनिन् । यसको सबैभन्दा प्रबल दावेदार करिको र वेइसम्यान भएको पनि उनले बताइन् ।

करिको र वेइसम्यानले यसअघि नै कैयौं महत्वपूर्ण पुरस्कार जितिसकेका छन् । उनीहरुले नोबेल पुरस्कारको पूर्ववर्ती मानिने लस्कर पुरस्कार समेत हात पारिसकेका छन् ।

नोबेल शान्ति पुरस्कार थुनबर्गले पाउलिन् ?

यस वर्ष मिडिया वाचडग, बेलारुसका विपक्षी नेता र स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थुनबर्गमध्येबाट नोबेल शान्ति पुरस्कार विजेताको छनौट गरिने सम्भावना बढी देखिन्छ ।

नोबेल पुरस्कार घोषणा भएको केही हप्तापछि स्कटल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (COP26) हुँदैछ । नोभेम्बरदेखि सुरु हुने सो सम्मेलनमा विश्वव्यापी तापमान वृद्धिलाई उच्च प्राथमिकतामा राखिन सक्छ ।

सानै उमेरमा जलवायु परिवर्तनको मुद्दा उठाएकी थुनबर्गलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिँदा यो विषयले थप प्राथमिकता पाउन सक्छ । यदि उनले यसपटक नोबेल पुरस्कार हात पारिन् भने मलाला युसुफजाईपछि नोबेल पुरस्कार जित्ने सबैभन्दा कान्छो व्यक्ति बन्नेछिन् ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP