Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

प्रेस सङ्गठन कपिलवस्तुको जिल्ला सम्मेलन कार्तिक ६ गते हुने

माधव बेल्वासे
चन्द्रौटा,१६ असोज

प्रेस सङ्गठन नेपाल कपिलवस्तुको जिल्ला सम्मेलन कार्तिक ६ गते हुने भएको छ । शनिवार गोरुसिगेमा बसेको जिल्ला सम्मेलन आयोजक समितिको बैठक विभिन्न निर्णय सहित मिति घोषणा गरेको हो । केन्द्रीय परिपत्र अनुसार सम्मेलनको तयारी सुरु गरिएको हो । बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव सरोज खनालले सहमतिको आधारमा सङ्गठनलाई बलियो बनाउन सुझाव दिनुभयो ।

विगत देखि नै प्रेस सङ्गठन कपिलवस्तु पत्रकारिता क्षेत्रमा अब्बल रहेको भन्दै नेतृत्व समक्ष हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारितामा पदको लडाई नगरी कलमको माध्यम वाट सशक्त बन्नुपर्ने खनालले बताउनुभयो । पत्रकारहरूको क्षमता वृद्धि र सञ्चारमाध्यम बलियो बनाउन स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने जनाउनुभयो । प्रेस सङ्गठनका केन्द्रीय सदस्य मनिस कार्कीले प्रेस सङ्गठनको अब आउने नेतृत्व सर्वसम्मत र कुशल नेतृत्व बनाउन आफू लागि पर्ने बताउनुभयो । बैठकले अर्जुन बेल्वासेको संयोजकत्वमा चार सदस्य सदस्य नवीकरण कमिटी गठन गरेको छ । त्यस्तै डिलाराम भुसालको संयोजकत्वमा शिव बन्जाडे र विजय पौडेल(आभास)लाई निर्वाचन मण्डल चयन गरिएको छ ।
बैठकले सङ्गठन सर्वसम्मति बनाउन कार्यदल समेत बनाएको छ । वसन्त गिरीको संयोजकत्वमा चिन्ता परियार र नेत्र पाण्डे सदस्य रहने गरी कार्यदल बनाएको हो । सम्मेलन मार्फत सर्वसम्मति रूपमा चयन गर्नको लागि आजै बाट आकाक्षीहरु सँग छलफल गर्ने संयोजक गिरीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP