Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

दुई महिनापछि डोटीले सिडिओ पायो

डोटी । डोटी जिल्लामा दुई महिनापछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी आउने भएका छन् ।

शनिबार गृह मन्त्रालयले शंकरबहादुर विष्टलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । राजपत्रांकित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् ।

दार्चुला र अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका विष्ट यसअघि डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी पनि थिए । विष्टले साविकको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा निमित्त प्रशासकको जिम्मेवारी पनि सम्हालेका थिए ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिल खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि डोटी प्रमुख जिल्ला अधिकारीविहीन भएको थियो ।

राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेको डोटीमा खनालको सरुवा भएपछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले निमित्त भएर काम गर्दै आइरहेकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी आउने भए पनि जिल्ला प्रशासन कार्यालय डोटीमा अधिकृतहरुको दरबन्दीमा भने पदपूर्ति भएको छैन । दुई अधिकृतको दरबन्दी रहेको जिल्लामा एक अधिकृत पद लामो समयदेखि रिक्त छ । प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल साउन २८ गते सरुवा भएर गएपछि दरबन्दी रिक्त भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा राजपत्र अनंकित प्रथम श्रेणी -नासु)को सात दरबन्दी छ, जसमा पाँच रिक्त छन् । त्यस्तै राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार)का चार दरबन्दीमध्ये तीन रिक्त छन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP