Trending
समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

साफ च्याम्पियनसिप : भारत र बंगलादेशले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा भारत र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भारतले शुरुवाती अग्रता लिएपनि १० खेलाडीमा समेटिएको बंगलादेशले बराबरी गोल फर्काउँदै अंक बाँडेको हो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलको २६औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा भारतले अग्रता कायमै राखेको थियो ।

दोस्रो हाफमा बंगलादेश १० खेलाडीमा समेटिएपनि भारतले फाइदा उठाउन सकेन । खेलको ५४औं मिनेटमा बंगलादेशका विश्वनाथ घोष रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

तर एक खेलाडी कम भएपनि बंगलादेशले बराबरी गोल फर्कायो । ७४ औं मिनेटमा यासीन अराफतले बंगलादेशका लागि गोल गरेका थिए ।

पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेशले २ खेलबाट ४ अंक जोडेको छ । भारतले भने बराबरीबाट प्रतियोगिता शुरुवात गर्दै एक अंक जोडेको छ ।

साफ च्याम्पियनसिप अन्तर्गत सोमबार राति ९:४५ बजे नेपालले श्रीलंकासँग खेल्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो । श्रीलंका भने बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP