Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

प्रदेशकै पहिलो सुरक्षित खानेपानी टोल घोषणा

माधव बेल्वासे
चन्द्रौटा,१६ फागुन
कपिलवस्तुको शिवराज नगरपालिका २ वालापुर चन्दपुर टोललाई प्रदेशकै पहिलो सुरक्षीत खानेपानी टोल घोषणा गरीएको छ । शुक्रवार शिवराज नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा गरेको हो । २४ घरधुरी रहेका उक्त टोलका सवै घरमा शुद्ध खानेपानी पुर्याएपछि घोषणा गर्न सफल भएको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर)को प्राविधिक सहयोगमा सुरक्षित खानेपानी युक्त टोल घोषणा गरिएको उहाँको भनाई छ । सुरक्षित खानेपानी युक्त घोषणा गर्नका लागि खुला दिशामुक्त क्षेत्र घोषणा, एक घर एक धारा, प्रत्येक घरमा नल्का तथा खानेपानीको सरसफाइ तथा स्वच्छता कायम, खानेपानीको मर्मत सम्भार कोष स्थापना, समुदायमा खानेपानीको मर्मत सम्भार कर्ता, खानेपानी सुरक्षा योजना लगायतका विभिन्न सूचकहरु पूरा गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

खानेपानीमा कोलिफर्म र आर्से्निक नभएको, समुदायलाई खानेपानी गुणस्तर तालिम, नमुना संकलन,सुरक्षा योजना,खानेपानी गुणस्तर अनुगमनपछि सुरक्षित खानेपानी युक्त टोल घोषणा गरिएको उहाँले जनाउनुभयो । “खानेपानी स्वास्थ्यको लागि महत्वपुर्ण छ,सवैले खानेपानीमा विशेष ध्यान दिनुपर्छ,”उहाँले भन्नुभयो “हामी सवै टोल हुँदै नगरपालिका नै सुरक्षित खानेपानी युक्त नगर घोषणा गर्नेछौ, ।”

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले टोलमा रहेका सवै नल्काहरुलाई परिक्षण गरि ति नल्का वाट आएको पानी पुर्ण रुपमा शुद्ध पाइएपछी घोषणा गरिएको बताउनुभयो । पटक पटक अनुगमन गरि यस टोलमा प्रयोग गरिने खानेपानी नेपाल राष्ट्रिय खानेपानीको मापदण्ड अनुरुप भएको बताउनुभयो । उक्त टोलवाट २४ घरधुरीका १ सय ९६ जना लाभान्वित हुनेछन् ।

एक घर एक नल्का हाम्रो पहिचान,सुरक्षित खानेपानी युक्त समुदाय घोषणा हाम्रो अभियान भन्ने नारा सहित नगरपालिकाले १५ वटा टोल गठन गरी अभियान संचालन गरेको नगरपालिकाका वास अफिसर राजेश चौधरीले बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु,युनिसेफ शिक्षा अधिकृत मन्जु वाग्ले उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) काजिराम रोका लगाएतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP