Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कपिलवस्तुको कृष्णनगरमा झाडा पखालाले २ जना को मृत्यु

कपिलवस्तु असोज १९ गते ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडा पखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५,७,८ र ९ वडामा आइतबार राती देखी प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनु भयो । झाडा पखालाको कारणले वडा नं. ९ वहादुरगन्जमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्षमा ५ को राज कश्यप र वर्ष ४० को राम प्रसाद केवट रहेको स्थानीय मनिष गुप्ताले बताउनु भयो ।
वडा भरी प्रकोप फैलिए पछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनु भयो । शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् । यता समुदायमा रहेका बिरामीको सङ्ख्या एकिन हुन सकेको छैन । नगरपालिका वडा नं. ९ का अध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताउनु भयो । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले २ जना चिकित्सक र प्रदेशबाट उपचार टोली आउदै गरेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP