ठगी आरोपमा गोंगबुबाट दुई युवती पक्राउ

काठमाडौं । ठगी गरेको आरोपमा प्रहरीले दुई महिलालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने युनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौंको बौद्ध बस्ने एक पुरुषलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाएर ललितपुरको चापागाउँमा पु¥याई उनको साथबाट भएको २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई ठगी सम्बन्धी कसूरको मुद्दामा थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP