Trending
समाज नेपाल लाइफको आकर्षक केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना राजनीति ओलम्पियन सूर्योदय नगरपालिका आउँदै flash कृष्णनगर ८ दयानगरका आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान flash कृष्णनगरमा ४० कृषकलाई सिँचाई मेसिन वितरण अन्तर्राष्ट्रिय चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता अपराध शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ राजनीति सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने समाज ‘कर्णाली साँच्चिकै दुर्गम रहेछ’ राजनीति राजनीति नेपालले विश्वव्यापार संगठनबाट लाभ लिन सकेन : मन्त्री भण्डारी

आयल निगम ६ वर्षपछि घाटामा

काठमाडौं । नेपाल आयल निगम ६ वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा घाटामा गएको छ । गत आर्थिक वर्षमा ४ अर्ब घाटा भएको निगमले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ पछि निगम निरन्तर नाफामा थियो ।

निगमले आर्थिक वर्ष २०७७/७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । एक वर्षमा २९ हजार किलोलिटर पेट्रोलियम पदार्थको खरिद बिक्री भएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

यो कारोबारबाट सरकारलाई ९३ अर्ब रुपैयाँ कर बापतको रकम बुझाइएको उनले बताए । ‘पेट्रोलयम पदार्थको अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यअनुसार नेपालमा मूल्य समायोजन नहुँदा निगम लामो समयपछि घाटामा गएको छ,’ निमित्त नायब कार्यकारी निर्देशक साहले भने ।

गत आर्थिक वर्षको मध्यदेखि सुरु भएको घाटाको श्रृङ्खला नयाँ आर्थिक वर्षको तीन महिनासम्म पनि निरन्तर रहेको उनले बताए । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको अनुमानित नोक्सानी ६ अर्ब रुपैयाँ भन्दा बढी पुगेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको उच्च वृद्धि र सोही अनुसार मूल्य समायोजन गर्न नसकिने घरेलु कारणले घाटा बढेको उनले बताए । ‘यो महिना हामीलाई तीन अर्ब रुपैयाँ घाटा लाग्ने प्रक्षेपण गरेका छौं, गत आर्थिक वर्षको अन्तिम केही महिनादेखिको अवधिलाई जोड्दा हामी ६ अर्ब भन्दा बढी घाटामा छौं,’ प्रवक्ता उपाध्यायले भने ।

भारतीय आयल निगमबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ९ र डिजेलमा ७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यस्तै निगमलाई खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५१५ रुपैयाँ घाटा रहेको उपाध्यायले जानकारी दिए ।

नयाँ आर्थिक वर्षको पहिलो महिना १ अर्ब ६० करोड रुपैयाँ घाटामा गएको निगमले भदौमा मात्रै २ अर्ब घाटा ब्यहोरोको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

आर्थिक वर्ष २०७१/७२ अघि निरन्तर पाँच वर्षसम्म घाटामा गएको निगम त्यसयताको ६ वर्ष भने नियमित नाफामा थियो । २०७१/७२ मा १५ अर्ब ४ करोड नाफा गरेको निगमले २०७२/७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ कमाएको थियो ।

यस्तै २०७३/७४ मा ९ अर्ब ४५ करोड, २०७४/७५ मा ३ अर्ब ५८ करोड र आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ६५ करोड रुपैयाँ नाफा निगमले आर्जन गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP