Trending
समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने flash सिकेका कुरालाई व्यवहारमा लागु गरे मात्र समाज रुपान्तरणमा टेवा पुग्छः मेयर अधिकारी समाज जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण समाज बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा

साढे ३३ किलो सुनकाण्डमा मुछिएका सबै प्रहरीले पाए सफाइ

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । र, यसमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् ।

यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले अनलाइनखबरलाई बताए ।

सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो । उनको शव बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा ‘सुन तस्करीको हालसम्मकै ठूलो र्‍याकेट’बारे अनुसन्धान भएको थियो ।

सरकारले छानविनका लागि सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो ।

त्यसबेला अनुसन्धानकर्ता नै आरोपित बनाएको भन्दै सरकारी छानविन समितिको आलोचना समेत भएको थियो । प्रकरणमा जोडिएका अन्य प्रहरी अधिकारीले चाहिँ गोरेको समूहलाई सहयोग गरेको सरकारी छानविनको निष्कर्ष थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP