जीवन राईको पार्टी एकीकृत समाजवादीमा समाहित

 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएको छ । आठबुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो ।

एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) हुनेछ भने चुनाव चिन्ह कलम हुनेछ जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिन्ह दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिन्ह तोकेको थिएन ।

एकता प्रक्रिया पूरा गर्न शुक्रबार नै निर्वाचन आयोग जाने तयारी भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP