Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

रुसमा कोरोना संक्रमणबाट एकै दिनमा १००० जनाको मृत्यु

काठमाडौं । शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । यद्यपि रुपमा पछिल्लो साता रुपमा संक्रमणको दर बढ्दो छ ।

रुस सरकारले भने नागरिकहरुले कोरोनाविरुद्ध खोप नलगाएका कारण संक्रमण बढेको बताएको छ । मानिसहरुमा भने खोपप्रति भरोसा कम छ । यही कारण स्पुतनिक भी खोप उत्पादन गरेको रुसपमा जम्मा एक तिहाई नागरिकले मात्र खोप लगाएका छन् ।

शनिबार रुसमा ३३ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारी तथ्यांक अनुसार हालसम्म २ लाख २२ हजार मानिसको मृत्यु भएको छ ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘संक्रमण बडिरहेको छ । यो अवस्थामा नागरिकहरुले बुझ्नुपर्छ कि बचाउका लागि खोप लगाउन जरुरी छ । यदि खोप नदगाउने हो भने तपाई मृत्युको जोखिममा पर्न सक्नुहुन्छ ।’

यद्यपि देशको स्वास्थ्य व्यवस्था राम्रो रहेको र कोरोनाको बढ्दो संक्रमण सामना गर्न सक्षम हुने समेत सरकारको दाबी छ । स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले कोभिडको डरका कारण आफ्नो अभ्यास छाडेका डाक्टरहरुलाई खोप लगाउन र काममा फर्किन अपील समेत गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP