Trending
समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

अस्ट्रेलियामा साढे ४ सय किलो हिरोइन बरामद


एजेन्सी
। अस्ट्रेलियाली प्रहरीले ठूलो मात्रामा लागुपदार्थ हिरोइन बरामद गरेको छ। एउटा पानीजहाजले ल्याएको सामानको कन्टेनरमा प्रहरीले साढे ४ सय किलोग्राम हिरोइन शनिबार फेला पारेको हो।

प्रहरीका अनुसार बरामद लागुपदार्थ अहिलेसम्म अस्ट्रेलियामा समातिएको सबैभन्दा बढी परिमाण हो। बरामद हिरोइन करिब १४ करोड अस्ट्रेलियाली डलर (१ अर्ब २४ करोड ७२ लाख नेपाली रूपैयाँ) बराबर रहेको आकलन अस्ट्रेलियाली प्रहरीले गरेको छ।

अस्ट्रेलियाली प्रहरीले हिरोइन भित्र्याएको आरोपमा एक मलेसियालीलाई पक्राउ गरेको कतारी समाचारमाध्यम अल–जजीराले जनाएको छ।

प्रहरीका अनुसार एउटा ग्रान्ड पियानो जत्तिकै वजन रहेको लागुपदार्थ सेरामिक टाइलहरूको डिब्बामा राखिएको थियो। मेलबर्नको एउटा व्यापारिक कम्पनीका नाममा उक्त डिब्बाहरू मलेसियाबाट पठाइएको थियो।

तस्वीर सौजन्य : अल–जजीरा

प्रहरीले पक्राउ परेका मलेसियालीलाई सार्वजनिक गरेको छैन। उनीमाथि अवैध लागुपदार्थ भित्र्याएको र स्वामित्वमा राखेको अभियोग लगाइएको छ।

प्रहरीका अनुसार अभियोग साबित भए जन्मकैदसम्मको सजाय हुनसक्छ।

हिरोइन बरामद भएपछि अस्ट्रेलियाली प्रहरीले मलेसियाको रोयल मलेसिय प्रहरीसँग यसबारे संयुक्त अनुसन्धान थालेको अस्ट्रेलियाली संघीय प्रहरीका दक्षिणी कमान्डका कमिस्नर क्रिसी ब्यारेटले जानकारी दिएका छन्।

‘दुवै देशलाई क्षति पुर्‍याएर अपराधी काम गरी करोडौं नाफा कमाउने यस्ता संगठित आपराधिक सिन्डिकेटविरुद्ध हामी संयुक्त अभियान जारी राख्ने छौं,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा ब्यारेटले भनेका छन्।

अस्ट्रेलियाली समाजमा लागुपदार्थ दुर्व्यसनीले करिब २ किलो हेरोइन खपत गर्दा एक जनाको मृत्यु हुने गरेको प्रहरीको अनुमान छ।

यसै अनुमानअनुसार प्रहरीले हिरोइन बरामद भएपछि कम्तिमा पनि २ सय २५ जना लागुपदार्थ व्यसनीको ज्यान जोगिएको अनुमान गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP