Trending
समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप flash अपाङ्गता दिवसको अवसरमा शिवराज २ मा अन्तरक्रिया सम्पन्न

म्यानमार : सैन्य ‘कू’ काे विराेध गर्दा पक्राउ परेका पाँच हजारभन्दा धेरै जनालाई मुक्त गर्ने निर्णय

काठमाण्डाै – गएकाे फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारकोे विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने भएकाे छ । 

अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा पाँच हजार ६ सय ३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताउनुभएको हो । 

यहाँ आयोजित एक क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा अहिले जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको याे घोषणा आएको बताइएको छ । प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम सुरु भएको र यसबाट देशमा अराजकता छाएको छ ।

‘कू’ को विरोधका प्रदर्शन गर्ने व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीका क्रममा एक हजार एक सयभन्दा बढी नागरिक मारिनुको साथै आठ हजारभन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

अझै पनि सात हजार तीन सयभन्दा बढी प्रदर्शनकारी देशभरका जेलमा रहेका राजनैतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन् । जुलाई महिनामा देशभरका जेलबाट दुई हजारभन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो । रिहा गरिएका यी व्यक्तिहरू सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिक रहेका छन् ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP