ध्वनिभन्दा तीव्र वेगको क्षेप्यास्त्र परीक्षण नगरेको चीनको दाबी

काठमाण्डाै – चीनले ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण नगरेको दाबी गरेको छ । केही महिनाअगाडि हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गर्दै चीनले नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाको फाइनान्सीयल टाइम्समा चीनको क्षेप्यास्त्र परीक्षणका खबर छापिएका थिए । हाइपरसोनिक क्षेप्यास्त्र आवाजभन्दा पाँच गुणा बढी गतिका हुने र तिनलाई रोक्न अन्य क्षेप्यास्त्रलाई भन्दा कठिन हुने बताइन्छ । चीनको बढ्दो परमाणु क्षमताबारे पश्चिमा देशमा चासो र चिन्ता बढेको बेला चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जुलाईमा परीक्षण गरिएको भन्नेबारेको खबर असत्य भएको दाबी गर्नुभएको छ ।

समाचारमा क्षेप्यास्त्र अन्तरिक्षको तल्लो कक्षमा उडेर तोकिएको निशानाभन्दा केही पर खसेको उल्लेख छ । चीन, अमेरिका, रुससहितका देशले हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिमा काम गरिरहेका छन् । त्यस्ता क्षेप्यास्त्रले परमाणु क्षमताका हतियार बोक्न सक्छन् । गत महिना उत्तर कोरियाले पनि नयाँ हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको जनाएको थियो । जुलाईमा रुसले पनि त्यस्तै घोषणा गरेको थियो ।
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP