Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

बझाङमा पहिरो : ८ जनाको मृत्यु

बझाङ : बझाङमा पहिरोबाट ८ जनाको मृत्यु भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा रोकाया र उनकी श्रीमती जयसराको ज्यान गएको छ।

यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा विरु गिरी र उनकी श्रीमती चन्दा गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

पहिरोले पुरेर खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका धनराज जोशी मृत फेला परेका छन्।

जिल्लाको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव फेला परेको छ।

बेपत्ता भएका नरेश पार्कीका ७ वर्षीय छोरा आयुष पार्की र एक जनाको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काका अनुसार सनाखत हुन सकेको छैन। अन्य २१ जनाको खोजी भइरहेको छ।

खप्तडछान्ना गाउँपालिका–६ मा नर्सरीबाट घर आउने क्रममा बाटोमा चिप्लिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका रन्या आग्री रहेका छन्।

हालसम्म बझाङमा ८ जनाले ज्यान गुमाएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP