Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

डब्ल्युएचओले भन्‍यो : कोरोना महामारी अझै एक वर्ष रहन्छ

एजेन्सीविश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना महामारी अझै एक वर्ष सजिलै लम्बिने चेतावनी दिएको छ। गरिब देशहरूमा कोरोनाविरुद्धको खोपको असमान वितरणका कारण कोरोना महामारी सन् २०२२ सम्म सजिलै तानिने डब्ल्युएचओको चेतावनी छ।

डब्ल्युएचओका एक वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी सन् २०२२ सम्म लम्बिने बताए। डब्ल्युएचओको तथ्यांकअनुसार अफ्रिकी देशमा हालसम्म ५ प्रतिशतभन्दा कम मानिसले मात्रै कोरोनाविरुद्धको खोप प्राप्त गरेका छन्।

जबकि अन्य देशमा कम्तीमा ४० प्रतिशले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। डा. आयलवार्डले धनी देशहरूले गरिब देशहरुका लागि पनि उत्तिकै प्राथमिकतामा राखेर खोप सहयोगका लागि तत्परता देखाउनुपर्ने बताए।

उनले खोप कम्पनीहरूसँग धनी देशहरूले गरिब देशका लागि खोप उत्पादनका लागि अर्डर गर्ने र भण्डार गर्ने कुरामा नेतृत्व गर्नुपर्ने सुझाव दिए। विश्वभरका सबै मानिसले खोप प्राप्त नगरेसम्म कोरोना महामारी अन्त्य नहुने डब्ल्युएचओको चेतावनी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP