Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु

एजेन्सी । अमेरिकी सैनिकको ड्रोन आक्रमणमा आतंकवादी संगठन अलकायदाका एक वरिष्ठ नेता मारिएका छन्। सिरियामा गरिएको आक्रमणमा अलकायदा नेता अब्दुल हमिद अल–मतरको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अल जजिराले उल्लेख गरेको छ।

अमेरिकी सेनाका मेजर जोन रिग्सबीले अलकायदाका नेताविरुद्धको कारबाहीमा आफूहरु सफल भएको बताएका छन्। ड्रोन आक्रमणबाट नेता अल–मतरको मृत्यु हुने बाहेक अन्य कुनै हताहतीको घटना नभएको अमेरिकी मध्य कमाण्ड प्रवक्तासमेत रहेका मेजर रिग्सबीले बताए।

दक्षिणी सिरियामा अमेरिकी सैन्य क्याम्पमा भएको एक आक्रमणपछि अमेरिकाले कारबाही गरेको हो। गत सेप्टेम्बरमा पेन्टागनले विद्रोही नियन्त्रित उत्तर पश्चिमी सिरियामा आक्रमण गरेको थियो। जसमा अल–कायदाका अर्का वरिष्ठ नेता सलिम अबु–अहमदको मृत्यु भएको थियो।

सिरियाको इदलिब र अलेप्पो सहरको ठूलो हिस्सा त्यहाँको सशस्त्र विपक्षी समूहको नियन्त्रणमा छ। जुन ठाउँमा कुनै समय अल कायदासँग जोडिएको हयात तहरिर अल–शाम समूहको नियन्त्रण थियो। सिरिया हाल एक जटिल युद्ध क्षेत्र बनेको छ। जहाँ अल–कायदा, आइएसआईएस भनिने इस्लामिक स्टेट अफ इराक एण्ड द लेभेन्ट, यी समूहसँग निकटता राख्ने विदेशी सैनिक, मिलिसिया तथा अन्य सशस्त्र समूहहरु सक्रिय छन्। सिरियामा सन् २०११ मा सुरु भएको युद्धपछि ५ लाखभन्दा बढी मानिस मारिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP