Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व

माधव बेल्बासे, चन्द्रौटा ।

प्रेस सेन्टर नेपाल कपिलवस्तुको ५ औ अधिवेशनबाट अर्जुन बेल्बासेको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ । कपिलवस्तु नगरपालिकाको सभा हलमा भएको अधिवेशनबाट बेल्बासेको अध्यक्षतामा २१ सदस्य रहेको कार्य समिति निर्वाचित भएको हो ।

खुल्ला उपाध्यक्षमा भुपाल थापा , समावेशी उपाध्यक्षमा कल्याणी खनेल , सचिवमा माधव बेल्बासे , सह सचिव खुल्ला रमेश गैरे र समावेशी सह सचिव शैलन्द्र श्रीमाल , कोषाध्यक्ष हरि घिमीरे लगायत २१ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन संयोजक डिलाराम भुसालले जानकारी दिनु भयो ।

अधिवेशनमा प्रेस सेन्टर लुम्बिनी प्रदेश संयोजक मानसिंह विकले प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूले स्वच्छ तथा निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताउनुभयो । लामो सर्घष पछि अहिलेको व्यवस्था आएको भन्दै यो व्यवस्थालाई टिकाई राख्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

लुम्बिनी प्रदेशको बजेटको विषयमा अनेक टीकाटिप्पणी आएको र त्यस्ता गलत टीकाटिप्पणीका विरुद्धमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहले पत्रकारहरूले सत्य तथ्य आधारमा समाचार नागरिकहरू समक्ष लैजानुपर्ने बताउनुभयो । देश र जनताका लागि माओवादी केन्द्रले गरेका क्रियाकलापहरू नागरिकहरू समक्ष पु¥याउन पत्रकारहरूले कन्जुसाई गर्न नहुने बताउनुभयो । कतिपय पत्रकारहरू चुनावको बेलामा मात्र पत्रकार हुने भएकोले त्यस्ता व्यक्तिलाई नेतृत्व दिन नहुने टिप्पणी गर्नुभयो ।

समाचार लेख्ने पत्रकारहरू सधैँ पछाडि पर्ने भएकोले अधिवेशनले सक्रिय पत्रकारहरूलाई एकजुट बनाउने माध्यम रहेको बताउनुभयो । जिल्ला कार्यालय सचिव सरोज खनालले गत दुई कार्यकाल पत्रकार महासङ्घको नेतृत्व प्रेस सेन्टरले पाएको र आगामी दिनमा पनि सेन्टरले पाउने बताउनुभयो । सखामा भन्दा पनि गुणस्तरमा ध्यान दिने बताउँदै कलम चलाउने पत्रकारहरूको भूमिकालाई मुल्याङकन गरिने बताउनुभयो ।

नव निर्वाचित अध्यक्ष बेल्वासेले आगामी दिनमा सङ्गठनलाई मजबुत बनाउने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा पत्रकार महासङ्घका प्रदेश अध्यक्ष वसन्त गिरी,जिल्ला ईन्चाज डिलाराम भुसाल,संगठनका केन्द्रीय सदस्य मनिस कार्की,दलित पत्रकार सङ्घका प्रदेश अध्यक्ष चिन्ता परियार,वाई सी एलका केन्द्रीय सदस्य शिव बन्जाडे,अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष हरिस खनाल लगायतले शुभकामना दिनुभएको थियो ।

अधिवेशनबाट सङ्घको प्रतिनिधिमा चिन्ता परियार , राजेश चौधरी , मनिष गुप्ता र जुमना तेली निर्वाचित भएका छन् । साथै अधिवेशनले स्वेता गीरी , शैलेन्द्र श्रेष्ठ , दिपक भण्डारी लगायत १० जना पत्रकारलाई प्रदेश प्रतिनिधिमा निर्वाचित गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP