Trending
समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप flash अपाङ्गता दिवसको अवसरमा शिवराज २ मा अन्तरक्रिया सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे

कपिलवस्तु । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुको अध्यक्षमा पुनः लालचन्द पाण्डे चयन हुनुभएको छ । आज तौलेश्वर मावि तौलिहवामा भएको प्रथम परिषदले पाण्डेलाई निर्विरोध चयन गरेको हो ।जसको उपाध्यक्षमा नरेन्द्र उपाध्याय,सन्तोष केसी,सचिव नन्दलाल खनाल,सह सचिव चन्द्र प्रकाश पाण्डे,कोषाध्यक्ष चिरञ्जीवी घिमिरे सह कोषाध्यक्ष प्रभु यादव सहित २५ सदस्य जिल्ला समन्वय समिति चयन भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षकहरूका समस्याहरू समाधान गर्न तथा आवाज उठाउन सङ्गठनमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । कपिलवस्तुले कुशल नेतृत्व पाएकोले सङ्गठन मजबुत बनाउन तथा सबै शिक्षकहरूलाई एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आबद्ध गराउन सुझाव दिनुभयो ।  

कतिपय विद्यालयहरूमा शिक्षकहरूको दरबन्दी मिलान तथा अन्य धेरै समस्याहरू देखा परेकोले समाधानको लागि सङ्गठनले निरन्तर परामर्श गरिरहेको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य रुद्र बन्जाडेले नयाँ कमिटीलाई शुभकामना दिनुभयो ।

समाजको वैदिक वर्गको रूपमा शिक्षक रहने भएकोले शिक्षकहरूका समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताउनुभयो । परिषदमा जिल्लाका दुई सय बढी शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP