Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

एमालेको पालिका अधिवेशन पनि दुई चरणमा हुने

काठमाण्डाै – हिजो ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न गरेको नेकपा एमाले पालिका अधिवेशनमा जुटेको छ। पर्सि हुने पालिका अधिवेशनकाे लागि तयारी सुरु भएको एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरो तथा डुबानका कारण पालिका अधिवेशन पनि एकैदिन नहुने भएको छ ।

यसअघि एकैदिन पालिका अधिवेशन गर्ने तयारी गरे पनि अब दुई चरणमा अधिवेशन हुने भएको छ । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा ९ गते पछाडि अधिवेशन हुनेछ । अरु ठाउँमा भने तोकिएको मिति अर्थात पर्सि ९ गते नै हुने उहाँले बताउनुभयो । 

यस्तै, हिजो वडा अधिवेशन हुन नसकेका  बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा आउँदो १५ गतेसम्ममा अधिवेशन सक्ने एमालेको तयारी छ ।  हिजो एकैसाथ देशभर वडा अधिवेशन गर्ने भनिए पनि प्राकृतिक विपद्का कारण अधिवेशन रोकिएको हो । रोकिएका धेरैजसो वडामा आउँदो शुक्रवार अधिवेशन हुने र बाँकी रहेका वडामा १५ गतेसम्ममा गरिसक्ने तयारी भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

हिजो ६ हजारभन्दा धेरै वडामा वडा अधिवेशन भएको छ । अधिवेशन भएका वडाको विवरण सङ्कलन भइरहेको छ । वडा अधिवेशन भएका सबै ठाउँमा सर्वसम्मत भएको एमालेले जनाएको छ । एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप हिजो पहिलो चरणमा वडा अधिवेशन गरेको हो ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP