नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ

कपिलवस्तु ।
करवा चौथ सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा प्रमुख पर्व हो । यो पर्व खासगरी भारतको बिभिन्न प्रान्त लगायत नेपालको तराईमा मनाउने गरिन्छ । यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी तिथि पारेर मनाइन्छ । यो पर्वलाई विशेष गरी बिबाहित महिलाहरूले व्रत बसी मनाउने गर्दछन् ।

सामान्यतया कार्तिक महिनाको कृष्णपक्षमा पर्ने चन्द्रोदयका समयमा जुन दिन चौथी तिथि पर्दछ, त्यसै दिनको विहान ब्रह्म मूहुर्त (करिब बिहानको चार बजे)बाट यो व्रत सुरू हुन्छ र बेलुका चन्द्रमाको दर्शन र पूजा गरेपछि व्रत सम्पन्न हुन्छ । करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ ।

यस बाहेक, करवाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाहरूले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्दछन । यद्यपि बहुसंख्यक महिलाहरूले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्रदर्शनपछि मात्र व्रतको समापन गर्दछन् । नेपालमा मनाइने तीजको व्रत जस्तै यस व्रतको सम्पादनबाट पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको प्राप्ति हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।

१२ वा १६ वर्षसम्म प्रत्येक वर्ष लगातार लिएपछि यस व्रतको उद्य उपसंहार गर्ने नियम छ । तर कतिपय बिबाहित महिलाहरूले आजीवन यस व्रतको सम्पादन गर्ने गर्दछिन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP