Trending
समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप flash अपाङ्गता दिवसको अवसरमा शिवराज २ मा अन्तरक्रिया सम्पन्न

विजयनगरमा प्रस्तावित विश्व विद्यालय स्थापना सम्बन्धि अन्तरक्रिया

विजयनगर । कपिलवस्तुको विजयनगरमा प्रस्तावित विश्व विद्यालय स्थापना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाविद् डा विद्यानाथ कोइरालाले नेपालमा परम्परागत ३ वटा शिक्षा रहेकोे जस अन्तरगत गुरुकुल र गुम्बा शिक्षा प्रदेश न. ५ मै रहेकोे छ भने मदरसा शिक्षा को हकमा विजयनगरले चिन्तन गरेको धन्यवाद दिदै विश्व विद्यालय स्थापनाले लुम्बिनीको निम्ति गौरव साथै नयाँपन रहेको बताउनु भएको छ ।

शिक्षक प्रबिधि संग जानकार हुनुपर्ने आवश्यक रहेकोे बताउदै अबको शिक्षा गरि खाने सीप, खोजी गर्ने बानी र सम्बाद गर्ने क्षमता हुनुपर्ने बताउनु भएको छ । आफ्नो भनाइ राख्दै शिवराज नगरपालिकाका प्रमुख नेत्र राज अधिकारीले बिश्व विद्यालय स्थापनाको लागि पहल गर्ने सम्पूर्ण टिमलाई धन्यबाद दिदै शैक्षिक क्षेत्रसंग प्रत्यक्ष रुपमा जोडीएकोले यस कार्यमा पालिकावाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

कार्यक्रमका अध्यक्ष गोपाल बहादुर थापाले बिश्व विद्यालय स्थापनाको निम्ति पालिकावाट गर्ने कार्य नियमित रुपमा गर्दै आएको बताउदै अगामि दिनमा थुप्रै कार्य गर्नुपर्ने रहेकाले सबैलाई सहयोग गर्नअनुरोध गर्नु भएको छ । कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खाँ, सफर अली मियाँ, अकरम पठान, डा. जहिरुल हसन खाँ, कृष्ण भन्डारी लगायत अधिकान्स बोल्ने वक्ताहरुले विजयनगरमा बिश्व विद्यालय स्थापना हुनु यस क्षेत्रको शैक्षिक जगतमा परिवर्तन हुने बताएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि , विभिन्न पार्टी प्रतिनिधि,विद्यालय व्यवस्थापन समिति महासंघ प्रतिनिधि, प्रधानाध्यापक शिक्षाप्रेमी, बुद्धिजीवी समाजसेवी ,पत्रकारहरु सहभागी रहेकोे थियोे भने कार्यक्रमको स्वगत मन्तव्य लक्ष्मी कुमारी चौधरीले गर्नु भएको थियो भने हरिहर बेल्वासेको संचालन सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP