Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

चीनमा ४० लाख जनसङ्ख्या भएकाे सहरमा फेरि लकडाउन

काठमाण्डाै – चीनमा ४० लाख जनसङ्ख्या भएको एक सहरमा आज मङ्गलवारदेखि पूर्णरूपमा लकडाउन लागू गरिएको छ । सहरमा कोरोना बढ्दो सङ्क्रमणपछि यो कदम उठाइएको हो । मानिसहरूलाई अति आवश्यक पर्दा मात्र बाहिर निस्किन भनिएको छ । 

यद्यपि चीनमा कोरोना सङ्क्रमण दर निकै कम छ तर गांसु प्रान्तको राजधानी लानजुमा लकडाउन लागू गरिएको हो । हिजो सोमवार चीनमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा लानजुमा मात्र ६ जनामा सङ्क्रमण देखिएको थियो । 

समाचार एजेन्सी एएफपीका अनुसार सहरका अधिकारीहरूले लानजुमा प्रवेश र बाहिर जान पूर्णरूपमा नियन्त्रित गरिनेछ । लानजु प्रशासनले एक विज्ञप्तिमा भनेको छ, ‘सबै मानिसहरू आफ्नो हाउजिङ कम्प्लेक्सभित्र रहनुपर्नेछ ।’

यसअघि पनि उत्तरी चीनमा हजारौँ मानिसहरूलाई घरमै रहन कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनाको अहिलेको सङ्क्रमण डेल्टा भेरिएन्टसँग जोडेर हेरिएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार परीक्षण दर बढेसँगै सङ्क्रमित हुने मानिसको सङ्ख्या पनि बढ्न सक्छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP