Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

जसपाले शनिबार विजयनगरमा पालिका स्तरीय भेला गर्दै

शिवराज अनलाइन, विजयनगर ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा शनिबार जनता समाजवादी पार्टीले पालिका स्तरीय भेलाकाे आयाेजना गरेकाे जनाएको छ । गाउँपालिकाकाे वडा नं.६ प्रेमनगर-भटनीमा रहेकाे हरिबाेध आधारभूत विद्यालयकाे प्राङ्गणमा बिहान ११ बजे भेला कार्यक्रमकाे आयाेजना गरिएको जसपा विजयनगर गाउँपालिकाका अध्यक्ष सन्तराम तेलीले जानकारी दिनुभयाे।

भेला कार्यक्रममा पुर्व मन्त्री तथा केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद ईस्तियाक, लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वधार विकास मन्त्री सहसराम यादव, कृषि मन्त्री सुमन शर्मा रायमाझी, केन्द्रिय कार्यकारी सदस्य बिष्णु हरि शर्मा, पुर्व मन्त्री केन्द्रिय कार्यकारी सदस्य दान बहादुर चौधरी, पुर्व सांसद नरसिंह चाैधरी र केन्द्रीय सदस्य नारायण खनालकाे विशेष उपस्थिति रहने जसपाका जिल्ला उपाध्यक्ष राम निवास पुरीले बताउनुभयो । भेलामा साँस्कृतिक भेषभुषा झल्किने कार्यक्रमकाे प्रस्तुतिसमेत रहने जनाईएकाे छ ।

कार्यक्रमलाई भव्य सभ्य रुपमा सफल पार्न सम्पूर्ण तयारी भईसकेकाे उपाध्यक्ष पुरीले बताउनुभयो ।
जसपा विजयनगर गाउँ कमिटीले गाउँपालिकाका सम्पूर्ण जसपाका पदाधिकारी नेता, कार्यकर्ता आम जनता लगायत सम्पूर्णलाई उपस्थितिका लागि अनुराेध गरेकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP