Trending
राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री राजनीति आज राष्ट्रिय सभाको बैठक बस्ने समाज डढेलोमा परी महिलाको मृत्यु अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु समाज आज ६९ औँ स्थापना दिवस मनाउँदै पत्रकार महासंघ अन्तर्राष्ट्रिय बेलायतमा पाँचमध्ये एक शिक्षकले सामना गर्नुपर्छ विद्यार्थीको दुर्व्यवहार

नेपाली काँग्रेस विजयनगर : चियापान कार्यक्रम आधिकारिक नभएकाे सभापति यादवकाे भनाई

शिवराज अनलाइन, विजयनगर ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा साेमबार शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा भएकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आधिकारिक नभएको नेपाली काँग्रेस विजयनगर गाउँपालिकाका सभापति जानकी प्रसाद यादवले बताउनुभएकाे छ। सभापति यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसकाे तर्फबाट आधिकारिक रूपमा कुनै कार्यक्रम नभएकाे जानकारी गराए पनि केही नेपाली काँग्रेसका ठुला नेता, कार्यकर्ताहरूले मनाेमानी रूपमा अगुवाइ गरी चियापान कार्यक्रम गरेकाे जनाइएको छ ।

नेपाली काँग्रेसका उपसभापति अलि हसन मुसलमानको अध्यक्षतामा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कुमार कनोडियाकाे प्रमुख आतिथ्यतामा विजयनगर गाउँपालिकाकाे सभाहल खडैचामा शुभकामना आदनप्रदन तथा चियापान कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु अकील मियां, हुमाकान्त खनाल, इश्वरी पाण्डे, घनश्याम अग्रहरी, विनोद नेपाल, हरि प्रसाद पोख्रेल, केशव पाण्डे, भुवनराज पौडेल, गोपाल जि.सी., नारायण ज्ञवाली, सिराज अहम्द खान, मुक्तेश्वर मिश्रा, मधुसुदन पोख्रेल, राजेश कुमार उपाध्यय, कृष्ण आचार्य, देवेन्द्रमणी त्रिपाठी, गाँउपालिका नेपाली कांग्रेसका सचिव अजय मणि त्रिपाठी लगायतको उपस्थिति रहेकाे जनाईएकाे छ ।

सभापति यादवले हिजो (आइतबार) नेपाली काँग्रेस पार्टीकाे तर्फबाट चियापान कार्यक्रम आधिकारिक रुपमा नभई स्वार्थ बस हुन गईरहेकाे एक प्रेस विज्ञप्तीमार्फत जानकारी गराउनुभएकाे थियाे । “गाउँपालिका नगर कमिटीबाट कुनै किसिमको सराेकार नगरी मनाेमानी रूपमा चियापान कार्यक्रम भईरहेकाेले उक्त कार्यक्रमकाे लागि नेपाली काँग्रेस विजयनगर गाउँपालिका नगर कमिटीले विज्ञप्तिमार्फ घाेर आपत्ति व्यक्त गर्दछ” भनी जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरी नेपाली काँग्रेस विजयनगर गाउँपालिकामा भएकाे क्रियाकलापले काँग्रेसमा दुई धार प्रष्ट भएकाे सजिलै आँकलन गर्न सकिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP