Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

झापामा साढे ११ लाखभन्दा बढीको पटाका नष्ट

झापा : तिहार र छठलाई लक्षित गरी भारतबाट नेपाल भित्र्याइएको साढे ११ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरिएको छ। झापा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको उक्त पटाका सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नष्ट गरेका छन्।

खुला सीमा नाकाबाट प्रतिबन्धित पटाका नेपाल भित्र्याउने क्रममा सीमा नाका तथा बजारक्षेत्रबाट सशस्त्र प्रहरीले पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। अनुमानित ८ लाख २० हजार ५ सय मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरिएको उनले बताए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट बरामद गरिएको अन्दाजी साढे ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरी आजै नष्ट गरेको छ।

जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य सङ्घ लगायतको रोहवरमा बरामद पटाका पानी भएको खाल्डोमा पुरेर नष्ट गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।

विगत वर्षभन्दा यो वर्ष पटाका थोरै मात्रामा भित्रिएको उनको भनाइ छ। कोरोना भाइरस र भारतको पश्चिम बंगाल सरकारले पटाका बिक्री वितरणमा पूर्ण रोक लगाएका कारण विहार नाकाबाट मात्र यो वर्ष पटाका भित्रिएको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP