Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

समाजवादी प्रेस सगंठन कपिलवस्तुमा चन्द्रकान्त

वाणगंगा ।
व्यवसायिक पत्रकारको सगंठन समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ । मगंलवार दिउँसो कपिलवस्तुको ४ नम्बर जितपुरमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुको संयोजकमा चन्द्रकान्त न्यौपानेलाई चयन गरेको छ ।

संगठनको सह–संयोजकमा मनोज थापा र कमला घिमिरे रहेका छन् भने सचिवमा दीपा महत रहेकी छिन् । यस्तै सदस्यहरुमा शिला भट्टराई, नन्दकिशोर यादव, रीता खनाल, लक्ष्मी थारु लगायत ११ सदस्यिय रहेको सगंठनका केन्द्रिय सदस्य दिपक अनुरागीले जानकारी दिए । अनुरागीका अनुसार सह–सचिव, कोषाध्यक्ष र अन्य केही सदस्यहरु पछि थप गरेर सगंठनलाई पूर्णता दिने बताए ।

एकीकृत समाजवादी पार्टी कपिलवस्तुका प्रचार विभाग प्रमुख तथा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास वन्जाडेको अध्यक्षतामा वसेको वैठकमा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश प्रचार विभाग प्रमुख डाक्टर बालकृष्ण चाँपागाईको प्रमुख आथित्यता र समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश संयोजक शिव सुवेदीको विशेष उपस्थित रहेको थियो ।

बैठकलाईं सम्बोधन गदै लुम्बिनी प्रदेश पार्टी प्रचार–विभागका प्रमुख समेत रहेका डा.वालकृष्ण चापागाईंले समाजवादी प्रेस संगठन नेपालले देशभरका व्यवसायिक र श्रमजिवी पत्रकारहरुको नेतृत्व गर्ने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP