Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

कामना सेवा बैंकद्वारा सामाजिक उत्तरदायित्व मार्फत युराे फिल्टर हस्तान्तरण

राम अवतार चौधरी, चन्द्रौटा । कामना सेवा विकास बैंक लिमिटेडले १५औँ वार्षिक उत्सवकाे अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएकाे छ । देशै भरीका विभिन्न १३० शाखा मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमकाे आयाेजना गर्दै आएकाे बैंकले जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तुको शिवराज-५ अवस्थित बैंकको चन्द्राैटा शाखाकाे आयाेजनामा वडा प्रहरी कार्यालय चन्द्राैटालाई बुधबार १ थान युराे पानी फिल्टर हस्तान्तरण गरेकाे बैंकका चन्द्राैटा शाखा प्रमुख यज्ञमूर्ती (अनिश) लुइटेलले जानकारी दिए । बैंकले पहिले देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत आम समुदायलाई टस्टविन, सुइटर लगायतका गतिविधि सक्रिय राख्दै आएकाे समेत लुइटेलले जनाए ।

शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले सह्रानिय कार्य भएकाे बताएकी छन् । यसबाट अरु बैंकले पाठ सिक्न जरुरी रहेकाे बताउँदै बैंकले आर्थिक काराेबार मात्र नभएर सामाजिक काम गर्न समेत उत्तिकै आवश्यक भएकाे थारुले उल्लेख गरिन् ।

त्यसैगरी वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक शंकर प्रसाद आचार्यले हस्तान्तरण गरिएकाे फिल्टरलाई ग्रहण गर्दै आम सराेकारकाे कार्यालय वा सेवाग्राहीलाई लक्षित गरि वितरण गरिएको कार्य एकदमै सकारात्मक रहेकाे बताए । देख्दा सानाे काम देखिए पनि प्रभावकारी भएकाे जनाउँदै आगामी दिनमा समेत यस्ता कार्यमा अरुले पनि हातेमालो गर्नुपर्नेमा जाेड दिए ।

बैंक कामना सेवा विकास बैंकको क्षेत्रीय प्रबन्धक माेहनदत्त खनालकाे अध्यक्षतामा भएकाे वितरण कार्यक्रममा बैंकका गाेरुसिंगे शाखा प्रबन्धक कृष्ण प्रसाद पन्थीले मन्तव्य जाेडेका थिए । साथै बैंकले साप्ताहि कार्यक्रम भित्र बुटवलमा आगामी शनिबार रक्तदान कार्यक्रमको आयाेजना रहेकाे समेत बैंकले जनाएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP