Trending
राजनीति सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने खेल एसिसी प्रिमियर कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा आर्थिक नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन खेल नेपालले चौथो विकेट गुमायो, दिपेन्द्रसिंह ऐरी आउट राजनीति गीत गाएर बुवालाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’ खेल नेपालले १५ रन जोड्दा गुमायो तीन विकेट खेल साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने अपराध लागुऔषध मुद्दामा दोषी ठहरिएर फरार रहेका एन्फा उपाध्यक्ष दावा पक्राउ खेल साउदी अरेबियासँगको खेल ८ ओभरमा झारियो, नेपाल पहिला फिल्डिङमा

न्यायालयमा भएकाे विवादबारे गठबन्धनको साझा धारणा छिट्टै आउँछ : प्रचण्ड

भाेजपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताउनुभएको छ । 

माओवादी केन्द्र भोजपुरले आज शुक्रवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालतभित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझा धारणा छिट्टै बाहिर ल्याउँछौँ ।’

अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उहाँले आवश्यक परे चुनाव पछाडिसम्म पनि जान सकिने धारणा राख्नुभयो । पालिकाकाे चुनाव निर्वाचन आयोगले चैतमा तोकेको भए पनि संविधानअनुसार ६ महिना अघि–पछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताउनुभयो । सकेसम्म एकै पटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगिने उहाँको भनाइ छ । 

पूर्वाञ्चल कम्युनिस्ट आन्दोलनको उर्वर भूमि रहेको बताउँदै झापा विद्रोहलगायत ठूलठूला आन्दोलनहरू पूर्वबाटै सुरु भएको उहाँकाे भनाइ थियाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP