Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

मधेश विकासका लागि माओवादी केन्द्रकाे नेतृत्वकाे खाँचो : पुर्व मन्त्री खनाल

घनश्याम भर, विजयनगर ।

समग्र मधेश विकासका लागि माओवादी केन्द्रकाे नेतृत्वकाे खाँचो रहेकाे नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री चक्रपाणी खनाल (बलदेव)ले बताउनुभएकाे छ । पुर्व कृषि मन्त्रीसमेत रहेका खनालले माओवादी केन्द्रले मधेशकाे चाैतर्फी क्षेत्रमा विकास गर्न चाहेकाे बताउँदै केही अवसरवादी र पुँजीवादीकाे नेतृत्वले गर्दा मधेशमा विकासले फड्को मार्न नसकेकाे दाबी गर्नुभयो ।

केही नेताले मधेशकाे विकास गर्ने भन्दै झुठो आश्वासन बाँड्दै, जनतालाई झुक्याएर मत लिई विजयपश्चात विकासकाे नाममा सिन्काे नभाँचेकाे बताउनुभयो । आइतबार कपिलवस्तुकाे कृष्णनगरमा माैलाना मशहुद खाँ नेपालीकाे निवासमा पार्टीका कार्यकर्तासँगकाे भेटघाट तथा परिचयात्मक कार्यक्रममा पुर्व मन्त्री खनालले यस्तो बताउनुभएको हाे ।

कृष्णनगरमा भण्सार नाका भएकाले औद्याेगिक र व्यवसायिक दृष्टिकोणले याे कृष्णनगर क्षेत्र नै मुख्यतः विकासमा प्रचूर सम्भावना रहेकाे जिकिरसमेत गर्नुभयो । “यहाँ अवसरवादी र पुँजीवादीका कारणले विकास प्रेमी, असल नेतृत्वले जीत्न नसक्नु यहाँका नागरिकका लागि दुखद कुरा हाे” उहाँले भन्नुभयो । अहिले पुरै मुख्य सडकदेखि लिएर भित्री गल्ली, बाटो धुलैधुलाे छ, वर्षामा हिलैहिलो हुन्छ” खनालले थप गर्नुभयो ।

हामीले चाहे यस क्षेत्रमा तीव्र गतिमा विकास गर्न सक्छाैँ, तर अब यस क्षेत्रमा चाैतर्फी विकास र परिवर्तनका निम्ति माओवादीकाे नेतृत्वकाे अवश्यकता देखिएकाे कुरामा उहाँले जाेड दिनुभयो।

यसै क्रममा शिक्षा बिना कुनै पनि समुदाय अगाडी बढ्न नसक्ने बताउँदै पछाडी परेका र मुस्लिम समुदायलाई शिक्षाकाे मूलधारमा लैजाने र मुस्लिम गर्ल्स शैक्षिक युनिभर्सिटी स्थापनाका लागि सरकारसँग पहल गर्ने आश्वासनसमेत दिनुभयो ।

यस्तै लुम्बिनी प्रदेश मदरसा बाेर्डका उपाध्यक्ष माैलाना मशहुद खाँ नेपालीले समग्र सदरसाकाे शैक्षिक अवस्थाकाे बारेमा जानकारी गराउनुभएकाे थियो । पहिले भन्दा अहिले मदरसाहरूमा पनि धेरै शैक्षिक सुधार भएकाे बताउँदै भाैतिक पुर्वधारदेखि लिएर गुणस्तरीय शिक्षाका लागि माैलानालाई पनि सरकारी शिक्षक सरह मान्यता दिनुपर्ने भन्दै प्रदेश र केन्द्रीय सरकारसँग पहल जारी राखेकाे बताउनुभयो ।

अहिले मदरसाका विद्यार्थीका लागि खाजानास्ता, पाठ्यपुस्तक र छात्रवृत्तिसमेत उपलब्ध भएकाे उपाध्यक्ष खाँ नेपालीले बताउनुभयो । कतिपय मदरसाहरूमा भवन अभावले पठनपाठनमा समस्या सिर्जना भइरहेकाेले मन्त्री खनालसँग उहाँले अनुराेध गर्नुभयाे ।

नेकपा माओवादी केन्द्र कृष्णनगरका नगर अध्यक्ष जावेद आलम खानले कृष्णनगरकाे राजनीतिक अवस्थाकाे समसमायिक विषयकाे बारेमा जानकारी गराउँदै माओवादी केन्द्र बलियो हुँदै गएकाे बताउनुभयो ।

आगामी निर्वाचनमा माओवादी केन्द्रले बहुमतका साथ जीत निश्चित हुने दाबी गर्नुभयो । पार्टी सदस्यतालाई निरन्तरता दिँदै पार्टीका सम्पूर्ण क्रियाकलाप तथा गतिविधिलाई अगाडी सार्दै बढिरहेकाे नगर अध्यक्ष खानले बताउनुभयो ।

भेटघाट कार्यक्रममा राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अल्कुफी, राष्ट्रिय मदरसा संघका सदस्य माैलाना जहिर अहमद बरेलबी, माैलाना जाहिद अजाद, अब्दुल नूर, नगर सचिव विष्णु प्रसाद बन्जाडे लगायत नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP