Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

कांग्रेसको १४औँ महाधिवेशन तयारी तीव्र, विभिन्न समिति गठन

काठमाडौं : नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। पार्टीले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गर्नाका साथै व्यवस्थापकीय कार्य अघि बढाएको छ। कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा तय गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले महाधिवेशन सम्पन्न गर्न केन्द्रमा सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, संघीय संसद्का सदस्यहरू, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरू सदस्य रहेका छन्।

यस्तै‚ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ संकलन समिति, सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन, प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचारप्रसार, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन, मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य र सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको छ।

नेपाल भूतपूर्वसैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र पार्टीको काठमाडौँ जिल्ला सभापति संयोजक र ललितपुर एवं भक्तपुर जिल्ला सभापति सदस्य रहेको उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति गठन गरिएको मुख्य सचिव पौडैलले बताए। केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत तीन हजार रूपैयाँ बुझाउनुपर्ने पार्टीले निर्णय गरेको छ।

बैठकले आयरल्यान्ड, फ्रान्स, नेदरल्यान्ड, बेलायत, साइप्रस, पोर्चुगल (छुट ४० जना) र क्यानाडास्थित नेपाली जनसम्पर्क समितिहरूबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गर्ने र तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देश गर्ने निर्णय गरेको छ।

यस्तै‚ नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र नेपाली जनसम्पर्क समिति डेनमार्कका नवीकरण गर्न छुट भएका पुराना क्रियाशील सदस्यले नवीकरण गर्न चाहेमा र क्रियाशील सदस्यता पाउन योग्यता पुगेका र आवेदन गरेका व्यक्तिले नयाँ सदस्यता लिन चाहेमा तोकिएको शुल्क लिई नवीकरण गरिदिने र नयाँ सदस्यता प्रदान गर्ने गरी उक्त देशबाट प्राप्त क्रियाशील सदस्यता स्वीकृत गरिएको छ। नेपाली जनसम्पर्क समिति इजरायल र पोर्चुगलबाट पठाइएको संशोधित विधानलाई स्वीकृत गरिएको छ।

क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी) लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरूलाई एक हप्ताभित्र पठाउन निर्देश गर्ने बैठकले निर्णय गरेको छ। अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिहरूबाट प्राप्त प्रतिवेदनअनुसार महाधिवेशनमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूको नामावली विवरण क्रमशः केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने बैठकको निर्णय छ।

युरोपस्थित अष्ट्रियामा बसोबास गर्ने १११ जना नेपालीको उपस्थितिमा भेलाको आयोजना गरी, नेपाली जनसम्पर्क समिति स्थापना गरी आबद्धताका लागि हस्ताक्षरसहित उपस्थितिको प्रतिलिपि, विधानको मस्यौदालगायत आवश्यक कागजात पेस हुन आएकाले, नेपाली जनसम्पर्क तदर्थ समिति अष्ट्रियालाई आबद्धता प्रदान गरिएको छ।

यसैगरी मुलुकका सात प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गर्न प्रदेश अधिवेशन आयोजक समिति गठन गरिएको छ। त्यसका लागि प्रदेश १ मा नेता कृष्णप्रसाद सिटौला, प्रदेश २ मा नेता रमेश रिजाल, बागमती प्रदेशमा नेता प्रकाशमान सिंह, गण्डकी प्रदेशमा नेता गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा नेता बालकृष्ण खाँण, कर्णाली प्रदेशमा नेता जीवनबहादुर शाही र सुदूरपश्चिममा नेता दिलेन्द्रप्रसाद बडूलाई संयोजकको जिम्मेवारी तोकिएको छ।

प्रदेश अधिवेशन आयोजक समितिमा सम्बन्धित प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेशसभा संसदीय दलका नेता र प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सदस्य रहनेछन्। प्रदेश अधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत रु दुई हजार बुझाउनुपर्नेछ। कांग्रेसको पहिलोपटक गर्न लागेको पार्टीको प्रदेश अधिवेशन आगामी मंसिर १६ र १७ गर्ने अधिवेशन कार्यतालिका छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP