Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

भारतबाट ४ बालबालिकाको उद्धार

झापा : भारतबाट ४ बालबालिकाको उद्धार गरी नेपाल फर्काइएको छ। भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी घर फर्काइएका ४ बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ। उद्धार गरिएकामा उदयपुर, काठमाडौं, मोरङ र सिन्धुली जिल्लाका २ बालक र २ बालिका छन्।

३ जनाको उमेर १६ वर्ष र एक जनाको ४ वर्षका छन्। उद्धार गरिएका बालबालिकालाई नेपाली महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेलको नेतृत्वमा आएको टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा मामा र बुवाले बुझेका थिए।

गैरसरकारी संस्था शहीद वन्दना बालिका स्मृति आवास कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ बंगाल सिलीगुडीले पश्चिम बङ्गालको कुचविहार, सिलीगुडी दार्जिलिङलगायत ठाउँबाट ती बालबालिकाको उद्धार गरी नेपाली महावाणिज्य दूतावास कोलकातालाई जिम्मा लगाएका थिए।

नेपाली बालबालिका र महिलाहरूलाई अनेक प्रलोभन तथा झुक्याएर भारत लगेर बेचबिखन गरिन्छन्। भारतमा लगेर उनीहरूको श्रम तथा यौन शोषण हुने गरेको छ।

त्यस्ता बालबालिका र महिलालाई भारत सरकार, स्थानीय प्रहरी तथा अन्य सङ्घसंस्थासँगको समन्वयमा उद्धार गरी नेपाल फर्काइरहेको महावाणिज्यदूत पौडेलले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP