Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

जापान र अस्ट्रेलियाले कडा प्रतिबन्धहरु बिस्तारै हटाउँदै

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण लकडाउनसहित विभिन्न कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरेका जापान र अस्ट्रेलियाले ती व्यवस्थाहरू बिस्तारै हटाउन थालेका छन् ।

जापान र अस्ट्रेलियामा लकडाउन हटिसकेको छ भने जापानले अब ठूला सार्वजनिक कार्यक्रम तथा भीडभाड हुने गतिविधि गर्न सक्ने गरी कडा सर्त हटाउने निर्णय गरेको छ ।

आम नागरिकलाई सम्भव भएसम्म सजिलो हुने गरी लचकता अपनाउन थालेको तर कोरोना भाइरसको तेस्रो चरणको महामारी आउने खतरालाई पनि ध्यान दिन आवश्यक रहेको जापान सरकारले निकालेको सूचनामा उल्लेख छ ।

त्यसैगरी धेरैको सङ्ख्यामा दर्शक सहभागी हुने खेलकुदका गतिविधिमा पनि सिट सङ्ख्याको आधा सहभागी हुने व्यवस्था गर्न भनिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पार्दै लगेको जानकारी दिनुभएको छ ।

अस्ट्रेलियामा प्रतिबन्धात्मक व्यवस्थाविरुद्ध नागरिकले प्रदर्शन समेत गर्दै आएका छन् । अस्ट्रेलियामा तेस्रो चरणको महामारीको खतरा धेरै रहेकाले अझै पनि पूर्ण रूपमा खुल्ला गर्न नमिल्ने प्रधानमन्त्री मोरिसनको भनाइ छ । विज्ञले पनि स्वास्थ्यका मापदण्ड पालना निरन्तर गरिरहनुपर्नेमा जोड दिएका छन् ।    

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP