Trending
आर्थिक हवाई टिकटमा १३ प्रतिशत थप करले पर्यटन क्षेत्र निरुत्साहित : अध्यक्ष ढकाल अन्तर्राष्ट्रिय चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या समाज एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा समाज नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता राजनीति काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री

सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाती हिँड्नै सक्दैनन् : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाउनु भएको छ । 

अध्यक्ष ओलीले एमालेले भने कसैकाे बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी समेत गर्नुभयो । नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसको औंला समातेर हिँड्न पल्केकाहरुलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताउनु भयो । अध्यक्ष ओलीले नेकपा एमाले फोहोरबिनाको स्वच्छ भएको दाबी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नु भयो । 

‘आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाइ दिनेहरु, कांग्रेसको औंला समातेर हिँड्न पल्केकाहरु, त्यो हिँड्न खोज्छन् नै’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तर कांग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन । तर नेकपा एमाले कसैको बैशाखी टेकेर होइन, आफै चुनाव लड्न सक्षम छ । आफैं चुनाव लड्छ, आफैँ जित्छ ।’

अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको पनि स्मरण गराउनु भयो । उहाँले चाडपर्वैपिच्छे फरकफरक धुन हुने देश नेपालबाहेक विश्वमा कहीँ पनि नभएको बताउनु भयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP