Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

अनेरास्ववियू बाणगंगा नगरको भेला तथा अधिबेशनबाट अध्यक्षमा न्यौपाने निर्वाचित

बिकास थापा, कपिलवस्तु।
अनेरास्ववियू बाणगंगा नगरकमिटिको अध्यक्षमा सन्दिप न्यौपाने सर्बसम्मत रुपमा निर्वाचित हुनुभएको छ । शनिबार भएको अनेरास्ववियू बाणगंगा नगरको भेला तथा अधिबेशनबाट न्यौपनाको अध्यक्षतामा २५ सदस्यीय नगरकमटी सर्बसम्मत रुपमा निवार्चित भएको छ जसको उपाध्यक्षमा शिशिर न्यौपाने , सचिवमा बिकास थापा ,सहसचिवमा सरिता बेल्बासे ,दुर्गेश कुमार चौधरी ,मनिष पंगेनि ,कोपाध्यक्षमा मनोज पोख्रेल चयन हुनुभएको छ ।

भने अन्य बाकी सदस्य पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई अनेरास्ववियूका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सहईन्चार्ज टुकलाल गैरेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । संगै नवनिर्वाचित कमिटिलाई सफल कार्यकालको शुभकामना दिदै पार्टीको र विद्यार्थी राजनीतिको बारेमा महत्त्वपूर्ण भनाइ राख्नुभएको छ ।

यसैबिच सोही नगरभेला तथा अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले प्रदेश सदस्य कृष्ण केशी ,अनेरास्ववियूका केन्द्रिय सदस्य टुकलाल गैरे ,केन्द्रिय सचिवालय सदस्य लेखनाथ खनाल , एमाले बाणगंगा नगरका अध्यक्ष युवराज पोख्रेल ,जिल्ला सदस्य बिश्व कार्कीले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै विद्यार्थी राजनीति र समयसामयिक बिषयमा आफ्ना भनाइ राख्नुभएको थियो ।

उहाहरुले अनुशासन र ईमान्दारिताका साथ आफ्नो जिम्मेवारी र भूमिकालाई निभाउन सुझाब दिनुभयो । बिद्यार्थीहरुको हकअधिकारका लागि सधैब आवाज बुलन्द पार्नुपर्नेमा जोड दिदै समाजमा रचनात्मक र सिर्जनात्म क्रियाकलापलाई जोड्दै अघि बढ्न आग्रह गर्नुभयो ।

अनेरास्ववियूका जिल्ला सचिवालय सदस्य बिष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष बाबुराम अर्याल , अनेरास्ववियूका जिल्ला सहसंयोजक दयाराम पौडेल ,केन्द्रिय सदस्य ईन्दिरा पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP