Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

सिडिओको सहयोगमा जेष्ठ नागरिकलाई पानी फिल्टर वितरण

मनिष गुप्ता, बहादुरगञ्ज ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं.८ र ९ मा रहेका १ सय ५० जना जेष्ठ नागरिकलाई सिरामिक वाटर फिल्टर वितरण गरिएको छ । कृष्णनगरमा फैलिएको झाडापखालालाई मध्येनजर गर्दै केयर एण्ड डेभलपमेन्ट अर्गनाइजेसन नेपाल “सि.डि.ओ नेपाल”को सहयोग, राईजिङ लाईफ फाउन्डेशनको आयोजना र कृष्णनगर नगरपालिकाको समन्वयमा नगरपालिकाको वडा नं.८ र ९ मा रहेका जेष्ठ नागरिकलाई पानी फिल्टर वितरण गरिएको हो ।


क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहले स्वास्थ्य नै ठुलो धन भएको बताउँदै पानी फिल्टरलाई सही तरिकाबाट सदुपयोग गर्न आग्रह गर्नुभयो । महामारीलाई मध्येनजर गर्दै संस्था ठुलो सहयो गरेको भन्दै धन्यावाद दिनुभयो ।
सि.डि.ओ नेपालका प्रोग्राम डाईरेक्टर प्रकाशमान सिंहले कार्यक्रमको उद्धेश्य र काठमाडौंमा बसेर कपिलवस्तुको झाडापखालाबारे मिडिया मार्फत जानकारी पाएपछि राईजिङ लाईफ फाउन्डेशनसँग हातेमालो गरी यस महामारीमा सहयोग गर्न सफल भएको बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै सि.डि.ओ नेपालकी प्रोग्राम कोडिनेटर सम्झना घिमिरेले सिरामिक फिल्टरले पानी कसरी फिल्टर गर्छ, कसरी सिरामिक फिल्टर निमार्ण भएको छ, फिल्टर सही तरिकाले कसरी प्रयोग गर्ने बारे जानकारी गराउनुभएको थियो ।


नगरपालिको वडा नं. ८ बहादुरगंजमा रहेको बिसो बगैचामा आयोजित कार्यक्रममा राईजिङ लाईफ फाउन्डेशनको अध्यक्ष राजाबाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं.३ का सांसद अभिषेक प्रताप शाहको प्रमुख आतिथ्यता कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहको विशिष्ट आतिथ्यता ८ नं.का वडाध्यक्ष नुर मो. मुसलमान, २ का वडाध्यक्ष संजय गुप्ताको आतिथ्यता तथा समाजसेवी दिपक शुक्ला, शिव प्रसाद जैसवाल, शिव कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रम राईजिङ लाईफ फाउन्डेसनका सचिव अनेक पाण्डेको स्वागत मन्तव्य र फाउन्डेशनका संयोजक प्रतीक शुक्लले अतिथिहरुलाई खादा र व्याच लगाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP