चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठायो

काठमाण्डाै – चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठाएको छ। चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल अफगानिस्तानका लागि छुटेको छ ।

चीनले पठाएको सहायता सामग्री १२ दिनभित्र अफगानिस्तान पुग्नेछ । सन् २०२१ देखि चीन–अफगानिस्तान मालवाहक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले दुई देशबीचको मालवाहक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामग्री आयात निर्यात भएको बताउनु भएको थियो । तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय सङ्कट बढेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP