Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

बेपत्ता पौडेलको खोजीमा भोलिदेखि कुकुर परिचालन गर्ने

कपिलवस्तु । चार दिन देखि बेपत्ता रेहेका कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ निवासि विक्रम पौडेलको खोजिकार्य गर्न कुकुर परिचालन गर्ने भएको छ । शिवराज ५का ३३ वर्षिय युवा पौडेलको हाल सम्म पनि स्थिति अज्ञात छ । लगातार ४ दिन देखि प्रहरी प्रशासन ,स्थानिय लगायतले खोजि कार्य गर्दा पनि नभेटिए पछि भोलिदेखि बेपत्ता पौडेलको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरेर खोजिकार्य अगाडि बढाउने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

कर्णालि प्रदेश प्रहरी मातहत रहेको एउटा तालिमप्राप्त कुकुरसहित भोलि (मंगलबार) देखि प्रहरी खोजीकाममा जुट्ने तयारी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शङ्कर आचार्यले जानकारी दिनु भयो ।चार दिन बित्दा समेत उहाँ नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालनमा लाग्ने तयारी भएको उहाँले बताउनु भयो ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता पौडेलको खोजपडताल जारी राखेको छ । बेपत्ता पौडेलले सवार गरेको मोटरसाइकल शनिवार बिहान बुद्धभूमी ९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । मोटरसाइकल फेला परेपछि उहाँको खोजतलास गर्दा आइतबार बिहान मोबाइल पनि बेल नदिनै भेटिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP