Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

शिवराजका व्यापारीलाई एक्सपर्ट डगको सहायताले खोज्न थालियो

कपिलवस्तु ।
कपिलवस्तुमा गत शुक्रबारदेखि हराएका व्यापारी खोज्न एक्सपर्ट डग (कुकुर) परिचालन भएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा खाद्यान्न पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए ।

ससुराल जाने भन्दै मोटरसाइकल लिएर बुद्धभूमि ४ बुड्ढी पुगेका पौडेल सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय चन्द्रौटाले खोज तलास सुरू गरेको थियो । प्रहरीले पौडेल सवार मोटरसाइकल र प्रयोग गर्दै आएको मोबाइल बुद्धभूमि ९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । लगातार प्रहरी प्रशासन र स्थानीयले खोजी गर्दा फेला नपरेपछि मंगलबार बिहानदेखि तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

कर्णाली प्रदेश प्रहरी मातहत रहेको तालिम प्राप्त कुकुर नेपालगन्जबाट ल्याएर खोज्ने काम सुरू गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । खोजतलास गर्न ल्याइएको कुकुर मान्छे खोज तलास गर्ने कार्यको लागि तालिम प्राप्त रहेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP