Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

मिश्रालाई इतिहास रच्ने अवसर, जिल्ला अध्यक्ष र मेयरकाे प्रतिष्ठाकाे विषय

कपिलवस्तु । नेपाली काँग्रेसको संघिय निर्वाचन क्षेत्र अन्तर्गत कपिलवस्तुका ३ क्षेत्रमा बुधवार निर्वाचन हुन लागेको छ । मंगलवार हुन पर्ने निर्वाचन बिवादका कारण एक दिन पछाडी धकेलिएको छ । बिबाद छिचोल्दै ३ क्षेत्रमा निर्वाचनको माहोलले यती वेला कपिलवस्तुको क्षेत्र नं. २ सबै भन्दा चर्चाको विषय बनेको छ । क्षेत्रीय सभापतिका लागि नेपाली काँग्रेसका दुई हस्ती उठे पछि सर्बाधिक चासोको विषय बन्न पुगेको छ । कपिलवस्तु क्षेत्र नं. २ सभापतिमा बुधवार हुने निर्वाचनमा सभापति पदका लागि बिरेन्द्र मिश्रा र केशव श्रेष्ठ भिड्ने भएका छन् ।

दुवै जना बुद्धभुमी नगरपालिका १ का बासिन्दा समेत हुन । नेता मिश्रा काँग्रेस जिल्ला प्रवक्ता हुन भने श्रेष्ठ क्षेत्रीय सभापति र बुद्धभूमि नगरपालिकाका नगर प्रमुख हुन । मिश्रा सस्थापन पक्षको नेतृत्व गर्छन भने श्रेष्ठ जिल्ला सभापतिका विश्वासनीय पात्र हुन । क्षेत्र नं. २ जिल्ला सभापति सुरेन्द्रराज आचार्यको निर्वाचन क्षेत्र भएको हुँदा आफ्नो पकड राख्नु पर्ने ठुलो दवाव रहेको छ । निर्वाचनमा मेयर श्रेष्ठ होमिए पनि जित हारले आचार्यको राजनैतिक यात्रा सम्म अर्थ राख्ने गर्दछ ।

यसो त सभापति आचार्यले कुनै बिबाद नभए पनि यस क्षेत्रको मतदान स्थगित गरेका थिए । क्षेत्रीय सभापतिको २ उम्मेदवारले मिश्रालाई समर्थन गर्दै नाम फिर्ता लिए सँगै मिश्राको जितको संभावना बढेको काँग्रेस कार्यकर्ताहरु बताउछन् । नेता बिरेन्द्र मिश्रा जनता सँग मिल्ने खुवी भएको र निष्ठावान नेता भएको कारणले उनको कार्यकर्ता माझ बलियो सम्वन्ध रहेको छ । प्राय जनताको काममा खट्ने स्वभाव र मिलनसार प्रवृती भएको कारणले उनलाई व्याक्तीगत मत खस्ने अपेक्षा गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा मेयरको आकाक्षी रहे पनि टिकट भने श्रेष्ठले पाएका थिए । उनले श्रेष्ठलाई जिताउनको लागि ठुलो सहयोग गरेका थिए । यता मेयर श्रेष्ठ पनि यस क्षेत्रका बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । आचार्यको बिश्वाशिला पात्र भएको हुँदा आचार्य समर्थकको भोत पाउने संभावना रहेको छ ।

बुद्धभूमि नगरपालिकाको मेयर समेत भएको हुँदा आफ्नो केही प्रभाव समेत पर्ने देखिन्छ । प्रदेश क्षेत्रीय निर्वाचनमा आचार्य टिममा रहेर निर्वाचन लडेका बाणगंगा नगरपालिकाका नगरप्रमुख पराजित भए सँगै जनप्रतिनिधि भएको फाइदा दल भित्रको आन्तरीक निर्वाचनमा नहुने प्रष्ट भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP