Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

कपिलवस्तुमा जनगणनाको काम ९५ प्रतिशत सकियो

कपिलवस्तु। कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को काम आज(बुधवार) सम्म ९५ प्रतिशत सकिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सञ्चालन भईरहेको १२ औं जनगणनाको काम आज(बुधवार) सम्म ९५ प्रतिशत सकिएको हो ।

जिल्लामा स्थापित ५ ओटा स्थानीय जनगणना कार्यलयले मंसिर १०, ११ र १२ गते गणकहरुबाट फारफ बुझ्ने र त्यस पश्चात जिल्ला जनगणना कार्यालय कपिलवस्तुमा पठाउने कार्य हुने जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले बताउनुभयो । जिल्ला जनगणना कार्यालयमार्फत मंसिर १५ गते पछाडि मात्र जनगणनाका सम्पूर्ण विवरण मन्त्रालयमा पठाईने उहाँले बताउनुभएको छ ।

जनगणनाका क्रममा केही उत्तरदाताहरुले विगतमा पनि यस्ता तथ्याङ्क संकलन गरेको र आफुले कही नपाउने गुनासो गरेका छन् । तर गणकहरुले यो त्यस्तो नभएको राज्यबाट १०/१० बर्षको अन्तरालमा संचालन गरिने जसले भावि योजना निर्माण गर्न तथा देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने भन्दै बुझाएपछि उत्तरदाताहरुले सजिलै उत्तर दिने गरेको पाईएको प्रमुख कुर्मीले बताउनुभयो ।

केही व्यक्तिहरुले कार्यालयमा फोन गरेर नै आफ्नो तथ्याङ्क संकलन गर्न छुटेको पनि जानकारी गराएका छन् । जानकारी पश्चात सो ठाउँमा परिचालित गणकलाई खबर गरि तथ्याङ्क संकलन गर्ने कार्य भईरहेको प्रमुख कुर्मीले बताउनुभयो । उहाँले अझै पनि कोही नागरिक जनगणनामा सहभागि हुन छुटेको भए नजिकका सम्बन्धित व्यक्तिलाई खबर गरि सहभागि हुन आग्रह गर्नुभएको छ ।

नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिई सहयोग गरिदिन प्रमुख कुर्मीले आग्रह गर्नुभएको छ । यस्तै गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै व्यक्तिगत विवरण सुरक्षित रहने भएकाले कुनै संकोच नमानि वास्तवित विवरण उपलब्ध गराउन आह्वान गर्नुभयो ।

अहिले कार्यालयमार्फत जनगणनालाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गर्ने, फारम तथा जनगणनाका लागी आवश्यक अन्य सामग्री अपुग भएकालाई पुर्याउने काम भईरहेको उहाँले बताउनुभयो । कपिलवस्तुका १० पालिकामा ५ सय ८२ जना गणक र १३९ जना सुपरीवेक्षकहरु खटिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP